भर्खरै :

मध्यपूर्वमा दस हजार सेना तैनाथ गर्ने पेन्टागनको प्रस्ताव

वाशिङ्टन, २३ मे । संरा अमेरिकी रक्षा विभाग पेन्टागनले राष्ट्रपति कार्यालयसमक्ष मध्यपूर्वमा दस हजार संरा अमेरिकी सेना तैनाथ गर्ने योजना बुनिरहेको त्यहाँका मिडियाले जनाएका छन् । इरान र संरा अमेरिकाबीच तनाव बढिरहेको अवस्थामा पेन्टागनको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।
अमेरिकी मिडियाले जनाएअनुसार बिहीबार राष्ट्रपति कार्यालयमा बस्ने उच्चस्तरीय बैठकमा यस्तो प्रस्ताव पेश गर्ने तयारी गरिएको ट्रम्प सरकारका एक सरकारी अधिकारीले बताए ।
पेन्टागनले प्रतिरक्षाको लागि संरा अमेरिकाले मध्यपूर्वमा सेना तैनाथ गर्न लागिएको बताइएको छ । इरानबाट नयाँ धम्की आइरहेको सन्दर्भमा पेन्टागनले यस्तो प्रस्ताव राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको स्रोतले दाबी गरेको छ । प्रस्तावमाथि राष्ट्रपति कार्यालयले कस्तो सङ्केत प्राप्त हुने हो, त्यो भने खुलस्त बनाइएको छैन ।
बितेका दुई सातादेखि वाशिङ्टन र तेहरानबीच आपसमा आरोप प्रत्यारोप हुँदै आएको छ । संरा अमेरिकाले मध्यपूर्वमा सैनिक उपस्थिति बलियो बनाएसँगै दुई देशबीच सम्बन्ध तनावपूर्ण बनेको छ ।
यसैबीच संरा अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीहरूले युद्धमा जाने अमेरिकाको कुनै मनसाय नरहेको बताएका छन् । मङ्गलबार कार्यकारी रक्षा सचिव प्याट्रिक शानहानले संरा अमेरिकाका हालसम्मका गतिविधिले नै इरानमा प्रभावित बनाइरहेको तर संरा अमेरिकाले इरानमा युद्ध नचाहेको बताउनुभएको छ ।
संरा अमेरिकाले गएको साल सन् २०१८ को मे महिनामा इरानको आणविक सम्झौताबाट हात झिकेलगत्तै इरान वाशिङ्टनले त्यहाँ कडा नाकाबन्दी थोपरेको थियो । इरानले संरा अमेरिकाको हस्तक्षेपकारी नीतिको प्रतिकार गर्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *