कानुन पढ्न चाहनुहुने विद्यार्थी भाइबहिनीहरूलाई सुझाव
- जेष्ठ ४, २०८३
भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउनेमात्र नभई देशको लागि सक्षम र योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउन भूमिका निभाउनु पनि हो भन्नुभएको छ ।
बासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा नगर प्रमुख प्रजापतिले पढाइ र अनुशासनलाई सँगसँगै लानुपर्ने र छोराछोरीको गल्ती तथा नराम्रो बानीलाई समयमै सुधार्न अभिभावकहरूले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भनपाले प्रतिविद्यार्थी रू. ५ लाखसम्म सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको जानकारी दिँदै प्रमुख प्रजापतिले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्न छात्र छात्राहरूलाई आकर्षित गर्न नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाले जनताकेन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले नगरपालिका कुनै व्यक्ति विशेषको निम्ति नभई सिङ्गो समाजलाई बुद्धिजीवीकरण गर्ने सोचले अगाडि बढिरहेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले विद्यार्थीको उज्ज्वल भविष्यको निम्ति विद्यालयले निरन्तर विद्यार्थीकेन्द्रित गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो ।
“विद्यार्थीको अनुशासन, सिकाइ प्रविधिलगायतका पक्षलाई विद्यालयले प्राथमिकता दिएको छ ।” उहाँले भन्नुभयो ।
प्रगति विवरण प्रस्तुत गर्दै बासु माविका प्राचार्य अम्बिका न्याइच्याईले विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका साथै वक्तृत्वकला, हिज्जेलेखन, विषयगत हाजिरीजवाफ, वादविवाद, श्रुतिलेखनलगायतका प्रतियोगिताहरू सञ्चालन गरिरहेको र विद्यालयमा खेलकुद समिति गठन गरी विभिन्न खेलहरूको प्रशिक्षण दिंदै आएको बताउनुभयो ।
शैक्षिक सत्र २०७६ मा १८० जना नयाँ विद्यार्थी भर्ना भएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायत सबै क्षेत्रमा व्यवस्थित ढङ्गले काम गरिहेको चर्चा गर्दै नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न विभिन्न विषयगत तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा स्रोतव्यक्ति धु्रव हमाल, विद्यालयका प्राइमेरी इन्चार्ज विष्णुप्रसाद दुमरू, सहायक प्राचार्यद्वय रविलाल प्रधान र राजकुमार ह्यौंमिखा, अभिभावक प्रतिनिधि शिवकृष्ण कोजू, बासु मावि विद्यार्थी हित समितिका अध्यक्ष अजय क्षेत्रीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति तथा अन्य अतिथिहरूले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई छात्रवृत्ति र पुरस्कार प्रदान गर्नुभएको थियो ।
Leave a Reply