कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू
- जेष्ठ ६, २०८३
–कृष्ण अधिकारी
देवघाट(तनहूँ), ११ जेठ (रासस) ः एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा बिक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल गर्ने गरेकी तनहुँ देवघाटकी जौमाया रानामगरको दैनिकी अहिले फेरिएको छ । अब उहाँँलाई रक्सी बेच्न नारायणगढ जानु पर्दैन, बरु त्यहाँका मानिस उहाँको घरमा तरकारी किन्न आउने गर्दछन् । उहाँँको बारीमा करेला, घिरौंला, चिचिण्डो, लौकालगायतका तरकारी लटरम्म देख्न सकिन्छ ।
रक्सी बनाउन चाहिने कोदो लगाउने बारीमा विभिन्न जातका तरकारी खेती गर्न थालेपछि बजारबाट तरकारी किन्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘‘रक्सी बेच्नभन्दा त तरकारी बेच्दैमा बढी आम्दानी भएको छ, इज्जत पनि भएको छ । प्रहरीको आँखा छलेर रक्सी बेच्न जानुपथ्र्यो’’ उहाँँ भन्नुहुन्छ, ‘‘अहिले आफूलाई बढी भएको तरकारी बेचेर घरखर्च धान्न सकेका छौं ।’’ गएको चैतदेखि आजसम्म तरकारी बचेर रु २० हजारभन्दा बढी आम्दानी गर्न सकेको श्रीमान टेकबहादुर मगर बताउनुहुन्छ ।
सिँचाइ सुविधा नहुँदा कोदो, मकैको खेती गर्दै आएका स्थानीय वासिन्दालाई दुई वर्षअघि बहु–आयमिक श्रोत केन्द्र (एमआरसी) नेपाल नामक गैरसरकारी संस्थाले तरकारी खेती गर्न तालिम, उन्नत बिउ र प्राविधिक ज्ञान दिएपछि तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । ‘‘पहिले त तरकारीबाट कसरी आम्दानी गर्न सकिएला र भन्ने स्थानीय मगर समुदायका वासिन्दाको सोचमा परिवर्तन ल्याउन सक्यौं’’ संस्थाका परियोजना संयोजक बद्री कार्की भन्नुहुन्छ, अब त उनीहरु आफैँ सचेत भएका छन् । पहिला रक्सी नबनाउने घर थिएनन्, अहिले तरकारी नलगाउने कोही छैनन् ।’’
संस्थाले देवघाट गाउँपालिकाको वडा नं १ र ५ मा पाँच÷पाँच वटा कृषक समूह गठन गरी विषादीरहीत तरकारी खेतीमा जोड दिएको छ । सिँचाइ नहुँदा चाहेजति तरकारी खेती गर्न समस्या भएको बताउँदै स्थानीय कमलादेवी कृषक समूहका अध्यक्ष लालबहादुर घागामगर भन्नुहुन्छ, ‘‘आकासेपानी र जुठेल्नाको पानीको भरमा नै भएपनि तरकारी खेती गरेका छौँ । यसले आम्दानीसँगै सामाजिक पहिचान पनि बढेको छ ।’’
केही वर्ष नारायणगढमा निजी विद्यालयमा शिक्षिका रहेकी स्थानीय एलिजा अधिकारी अहिले शिक्षण पेशा छाडेर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । वर्षभरि पढाउँदा हुने आम्दानीभन्दा एउटै याममा तरकारी खेतीबाट बढी आम्दानी हुने देखेपछि पढाउन छाडेर आफू तरकारी खेतीमा लागेको उहाँ भन्नुहुन्छ, ‘‘अर्काको काम गर्नुभन्दा आफ्नै काम गर्नु उचित लाग्यो । काम गरेर खान के को लाज ?’’ दुई÷तीन महीनामै तरकारी बचेर ४० हजार कमाउन सकेको उहाँ बताउनुहुन्छ ।
बजारबाट किनेर ल्याएको अधिकांश तरकारीमा विषादीको जथाभावी प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा छालासम्बन्धी रोग, छारेरोग, रक्तचाप, मुटुरोग अथवा श्वासप्रश्वाससम्बन्धी समस्या हुने गरेकामा अब आफैँले जैविक तरकारी उत्पादन गर्न थालेपछि त्यस्तो अवस्था नरहेको रुपाटार कृषक समूहका अध्यक्ष अनुप पोखरेलको भनाइ छ । अहिले मानिसमा विस्तारै जैविक तरकारी, फलफूलतर्फ आकर्षण बढ्न थालेकाले नारायणगढ बजारबाट गाउँमै व्यापारीहरु किन्न आउने गरेको उहाँ बताउनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कायक्रम÷विश्व वातावरण कोष÷साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा एमआरसी नेपालद्वारा सञ्चालित दिगो जीविकोपार्जन सुदृढीकरणका लागि जलवायु अनुकूलता सुहाउँदो कृषि परियोजनामार्फत यहाँ वातावरणमैत्री खेती प्रणालीमा जोड दिइएको छ । जलवायुमा असर नपर्ने गरी भौगोलिक अवस्था र हावापानी सुहाउँदो उन्नत जातको बीउको प्रयोग तथा स्थानीय लोपोन्मुख जातको बीउहरुलाई संरक्षण गरी विषादीरहीत तरकारी खेतीमा जोड दिइएको संस्थाका कार्यकारी निर्देशक भरत खड्का बताउनुहुन्छ ।
परियोजना कार्यान्वयनपछि रासायनिक मल तथा सुक्ष्म खाद्य तत्वहरुको जथाभावी प्रयोगले माटोको उर्बरा शक्तिमा ह्रास आउने र माटोमा रहेका सुक्ष्म जीवाणुको समेत नष्ट गरी उत्पादनमा कमी आउने हुँदा किसान गाईवस्तुको सुधारिएको गोठेमल र कम्पोष्ट मल तथा जैविक विषादीतर्फ आकर्षित भएका छन् । घरमै बनाउन सकिने हुँदा सस्तो एवं स्वास्थ्य र वातावरणीय हिसाबले पनि उपयुक्त भएकाले जैविक कृषितर्फ लाग्न प्रेरित गरिएको परियोजनाले जनाएको छ ।
नारायण र कालीगण्डकी नदीको बीचमा रहेर पनि सिँचाइको सुविधा पुग्न नसकेको देवघाटमा थोपा सिँचाइको प्रयोग गरेर तरकारी तथा फलफूल खेतीले खाली गएको जमिनको सदुपयोग हुनुको साथै सुख्खाक्षेत्रमा हराभरा देख्न सकिन्छ । देवघाट गाउँपालिकामा ८६.३८ प्रतिशत घरधुरीमा दाउराबाट खाना पकाउने हुनाले यसले घरभित्र र बाहिरको वातावरणमा नकारात्मक असर पर्ने हुँदा लिएर हिँड्न मिल्ने आधुनिक चुलोको प्रवद्र्धन गरिएको छ ।
Leave a Reply