भर्खरै :

पर्वतको ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

पर्वत, ११ जेठ (रासस) ः पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै महीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।
झण्डै दुई सय वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरी पोखरीको गहिराइ समेत बढाइने योजना छ ।
उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना समेत रहेको ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *