भर्खरै :

भारतमा कम्युनिष्ट पार्टीमाथि दमन

नयाँ दिल्ली, २५ मे । भारतमा भारतीय जनता पार्टीले चुनावी सफलता हासिल गरेलगत्तै त्रिपुरा प्रान्तमा कम्युनिष्ट पार्टीका कार्यकर्ता र समर्थकमाथि भौतिक हमला सुरू भएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले जनाएअनुसार त्रिपुरामा माक्र्सवादीका कार्यकर्तामाथि भाजपाका कार्यकर्ताहरूले कुटपिट गर्नुका साथै पार्टी कार्यालयमाथि आगजनी गरेका छन् । उनीहरूको हमलामा परी केही कार्यकर्ता घाइते हुनुका साथै पार्टी कार्यालयका भौतिक सामानमा क्षति पुगेको छ ।
माक्र्सवादीले आफ्नो फेसबुक पेजमा लेखेको छ, “भाजपा र मोदी एकातिर समावेशी भारत र प्रजातन्त्रको कुरा गरिरहेको छ अर्कोतिर त्यसको ठीकविपरीत काम गरिरहेको छ । हामी प्रतिरोध गर्नेछौं । वामपन्थीहरू जनताको अधिकार, प्रजातन्त्र र धर्मनिरपेक्षताको पक्षमा लगातार लड्नेछौँ ।”
माक्र्सवादीले आफ्ना कार्यकर्तामाथि कुटपिट र आगजनीमा संलग्न मानिसलाई कारबाही गर्न माग गरेको छ ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का तीन जना र भारतीय कम्युनिष्ट पार्टीका दुई जना उम्मेदवार विजयी भएका छन् । केरलाको अलाफूजा क्षेत्रबाट भाकपा(माक्र्सवादी) का ए एम आरिफ र तामिलनाडूको कोइमबतुरबाट पीआर नटराजन र मडराई क्षेत्रबाट एस बैंकटेसान निर्वाचिन भएका हुन् ।
त्यस्तै भाकपाका एम शेतवराज तामिलनाडूकै नागापटिनम क्षेत्रबाट तथा के शुभद्रवन त्रिपुरा क्षेत्रबाट विजयी भएका हुन् ।
तामिलनाडूमा भाकपा, भाकपा(माक्र्सवादी), भारतीय राष्ट्रिय काङ्ग्रेस,डीएमके, भीसीकेलगायत दलहरूले संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) अन्तर्गत उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *