भर्खरै :

तार्केश्वरमा जनसभा

काठमाडौँ, ११ जेठ । समसामयिक राजनीतिक अवस्थाबारे शनिबार तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोकमा जनसभा भयो ।
नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिको आयोजनामा भएको सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले आफूलाई कम्युनिष्ट दाबी गर्ने वर्तमान सरकारले व्यापक नेपाली जनताको हितविपरीत महँगी बढाएको बताउनुभयो ।
आफूलाई समाजवाद उन्मुख सरकार प्रमाणित गर्न सरकारले शिक्षा निःशुल्क र अनिवार्य तथा स्वास्थ्य निःशुल्क बनाउनुपर्ने विचार उहाँले राख्नुभयो ।
दक्षिण अमेरिकी देश भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादले गरिरहेको हमलाप्रति खेद व्यक्त गर्दै कवांले साम्राज्यवादले आफ्नो अन्तिम श्वास लिइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नागरिकतामा राष्ट्रघाती प्रावधान लागू गरेर वर्तमान सरकारले भारतीय विस्तारवादको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले संविधानमा समाजवादउन्मुख व्यवस्था लागू गर्ने उल्लेख भए पनि सरकार समाजवादी प्रावधान लागू गर्न अग्रसर नभएको बरू जनताविरोधी निर्णयमै फसेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा तार्केश्वर नगर समितिका अध्यक्ष श्यामकुमार महर्जन र धर्मसेन महर्जनले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *