विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नेपालमा गणतन्त्र आएको पनि दश वर्ष पार भइसक्यो । राजतन्त्र उखेलिएको पनि एक दशक नाघिसक्यो । तर, व्यवहारमा भने गणतन्त्र त के गणतन्त्रको बास्नासम्म पनि आउन सकेन । हजारौँ हजार लाटा, सोझा, गरीव, गाउँले महिला र पुरूषहरूको ज्यानै गयो । सयौँ मान्छेको न सास न त लास नै पाइएको छ । अरू त अरू स्वयम् का. प्रचण्डकी सहधर्मिणी, सहकर्मिणी र सहयोद्धा सीता दाहालको समेत स्वास्थ्य अवस्था असहज छ, असामान्य छ, संवेदनशील छ । यी सबैका पछाडि मेरो विश्लेषणमा, बुझाइमा माओवादीले प्रारम्भ गरेको सशस्त्र क्रान्तिको प्रत्यक्ष वा परोक्षरूपमा भूमिका छ । का. प्रचण्ड नेतृत्वको क्रान्तिका सेना, कार्यकर्ता, नेताले गाउँ–गाउँमा गर्नु नगर्नु गरे । कतिपय ठाउँमा माओवादीले सुराकीको आरोपमा, शङ्कामा तत्कालीन श्री ५ को सरकारको शाही नेपाली सेनाको भैरवनाथ गणले जस्तै कारबाही गरेका घटना धेरै नै छन् । सुराकीको प्रमाणविना, शङ्काको भरमा चरम बर्बरतापूर्ण हत्या गरिएको थियो, दमन र आतङ्क धेरै सङ्ख्यामा भए । संस्कृत शिक्षा पढिरहेका कैयौँ विद्यार्थीको जनै चुँडालियो, टुप्पी काटियो । यति धेरै आततायी र आतङ्ककारी काम भए माओवादी सेना र कार्यकर्ताबाट । त्यसको यथातथ्य सङ्कलन भएको एउटा भरपर्दो ढड्डा ठाउँ–ठाउँमा तयार गर्नु जरूरी भइसकेको छ । त्यतिबेला ‘क्रान्ति’ को नेतृत्व गर्नेहरू कैयौँ छैनन् अहिले । कमसेकम ती क्रान्ति दूतहरूको सके ठाउँ–ठाउँमा सालिक नभए स्मृतिस्तम्भ भए पनि ठड्याऔँ ।
दम नभएको प्रचण्डको बोली
युगको खेल न हो । पाठशालामा पढ्ने जनै लगाएका टुप्पी पालेका सयौँ विद्यार्थीको जनै चुँडालिदिने, टुप्पी काटिदिने ठिटा कम्युनिस्टहरूको नेतृत्व गर्ने का. पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको गलेश्वर शक्तिपीठमा पत्नी सीताको स्वास्थ्य राम्रो हुन्छ भनी पूजा गरेको, आरती गरेको, आरती घुमाएका दृश्य टेलिभिजनहरूले प्रसारण गरिरहे, गरिरहे । कस्तो हुने रहेछ संवेदनशीलता भन्ने विषयको यो एउटा रोचक दृश्य हो, घटना हो । कस्तो हुने रहेछ श्रीमतीको स्वास्थ्य, श्रीमान्को स्वास्थ्य, छोराछोरीको स्वास्थ्य, नाति–नातिनीको स्वास्थ्य, बुहारी–भाइबुहारीको स्वास्थ्य भन्ने उपमा हो । यस्तो संवेदनशील मुद्दामा युद्धकालीन माओवादी नेताहरूले समेत बाटो विराएका धेरै घटना छन् । का. प्रचण्ड दुई–दुईपल्ट प्रधानमन्त्री भइसके । केपी शर्मा ओली दोस्रोपल्ट प्रधानमन्त्री भएको पनि धेरै भइसक्यो । तर, नेपाली सेनाको भैरवनाथ गणको चरम बर्बरता, यातना, पाशविकता, पाशविकताको पनि पराकाष्ठा । मैया सुनुवारको पाशविक यातना र नृशंस हत्याका घटना पनि टु·िएका छैनन् । ‘जनयुद्ध’कालीन एउटा अमानवीय दमन, यातना र पशुवत व्यवहार प्रदर्शन भएको एउटा भैरवनाथ गणको घटना छ्याङ्ङ हुनेगरी हालै देखाइएको चलचित्रको अन्त्यमा का. प्रचण्डले खाँटी कुरा बोल्ने हिम्मत गरेनन् । आफ्नाहरू बेपत्ता पारिएकाहरूका आफ्नो मान्छे प्रशस्त भेला भएको त्यो जमघटमा चिप्ला कुरा गरे, घ्यू नलाग्ने कुरा गरे । उनकै पार्टीको बलियो सरकार छ । त्यो सरकार सञ्चालन गर्ने पार्टी का. प्रचण्ड एउटा अध्यक्ष हुन् । तर, उनको बोलिमा दम थिएन ।
हिसिला बाबुरामको छायामात्र ?
का. प्रचण्डको छाया का. डा. बाबुराम भट्टराई आफ्ना सहयोद्धा का. प्रचण्डलाई बुढी गण्डकीको छालमा छोडेर अन्तै कतै तातो घ्यू–भात पाइने लालसामा अर्को बाटो लागे । अर्को बाटो पनि के भन्ने बिना बाटो बरालिए । वास्तुकलाका विशिष्ठ विज्ञ भनी उपाधी पाएका डा. बाबुरामले डिजाइन गरेको नयाँ शक्ति पार्टीमा शक्ति सञ्चार गराउन सकेनन् र अहिले अर्को एउटा त्यस्तै ढुलमुले पार्टीमा मिसिएका छन् । मेरो गाउँका साधारण साक्षरसम्म पनि नभएका किसान र घर बनाउने ठाउँमा मसला बनाउने र बोक्ने –सिमेन्ट, बालुवा, गिट्टी र पानी मिसाइ बनाउने वस्तु –मसला – बनाउनेले जसरी कुशलतापूर्वक बनाउँछ, त्यति पनि राजनीतिक मसला बनाउने क्षमतासम्म पनि देखाउन सकेनन् डा. बाबुराम साहेबले । शास्त्रीय र मानव संवेदनाविहीन आर्किटेक्ट (वास्तुकला) बनाउन पढेको बुद्धिले काम दिने रहे छ । तर, मावन संवेदनशीलता एवम् चेतना भएको मानव समाजका निम्ति रूचीकर राजनीतिक वास्तुकला निर्माण गर्ने शीप बाबुराम डाक्टर साहेबमा रहेनछ त ? नयाँ शक्ति जगाउने र बटुल्ने नाममा तीन–चार वर्ष खेर फाल्नुभयो । उहाँकी सहधर्मिणी हिसिलाले पनि अब कति समय डा. बाबुरामसँगको लगनगाँठो समात्ने हुन् त्यो पनि हिसाब गरे हुन्छ कि ? उता हिसिला पनि धर्मरत्न यमीकी साक्षात् छोरी हुन् रगतमै राजनीति भएकी । बाबुराम भट्टराईको कति वटा पार्टी पैँचोमा साथ देलिन् ? यो पनि सोच्ने हो कि ? हिसिला बाबुरामको छायामात्र होलिन् र ?
यी पद सबै धर्मका हुनुपर्छ
कल्ले वा कुन शक्तिले खेलाउँछ हाम्रा पार्टीहरू र हाम्रा नेतागणहरूलाई । देशमा राजतन्त्र छैन तर राजतन्त्रभन्दा पनि बढी राजतन्त्रका संस्कार र संस्कृति छ्यापछ्याप्ती छन् त राजतन्त्र उखेलिएको नेपालमा वर्तमानमा पनि । राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउने एक महिनाको तलब पशुपतिनाथलाई चढाउनुभयो । व्यक्तिको धर्मप्रति आ–आफ्नै आस्था र विश्वासअनुसार हुने कुरा अस्वाभाविक होइन । तर, धर्मनिरपेक्ष राज्यमा राष्ट्रपतिले एउटा धर्म र आस्थाप्रति यसरी सार्वजनिकरूपमै उदा· हुनुको के औचित्य होला र ? एउटा समुदायको आस्था र विश्वासको धार्मिक केन्द्रको रूपमा अवस्थित धार्मिक धरोहरका निम्ति सार्वजनिकरूपमा पहिलो महिनाको तलब भेटी चढाउँदा इतर धर्मावलम्बीहरूमा के–कस्तो प्रभाव पार्ला ? राष्ट्रपतिका सल्लाहकारहरूको पनि यसतर्फ ध्यानाकर्षण हुनु जरूरी लाग्छ । राष्ट्रपति, उपराष्ट्रपति कुन के धर्म र समुदायमा विश्वास राख्नुहुन्छ थाहा छैन । तर, उहाँहरू दुवै पदाधिकारी ती पदमा रहँदासम्म कुनै एउटा धर्म र सम्प्रदायमा आकर्षित भएको देखिनुहुन्न भन्ने मेरो दृष्टि हो । ती पदबाट निवृत्त भएपछि आफ्नो खुशी । राज्य धर्म निरपेक्ष, राष्ट्रप्रमुख र उपप्रमुख धर्म सापेक्ष ? कसरी मिल्यो र यो ? नेपाल धर्म समन्वयको एउटा दृष्टान्त राष्ट्र हो । आम नेपाली जनता या मतदाता यति समन्वयकारी छन् ! साँच्चै यो कल्पनातीत वैष्णव, शैव, बौद्ध र जैन धर्मीहरूको सम्बन्ध नङ र मासुजस्तो छ । नेपालका कति देवता र पीठ पनि धर्म समन्वयका दृष्टान्तका रूपमा छन् । यो विशेषता हो ।
समयचेत उपचार हो
नेता र नेतृत्व व्यस्त देखिन्छन् प्राय ः तर परिणाम नगण्य छ वा कतिपयमा शून्य छ । यो खालका परिणति हेर्दा नेता र नेतृत्वको कार्यक्षमता मुख्य प्रश्न हो, मुख्य गाँठो त्यहीँ परेको हो भन्ने लाग्छ । प्रधानमन्त्री प्रायः सार्वजनिक समारोहहरूमा एक–डेढ र अझ दुई घण्टाभन्दा बढी ढीलो जानुहुन्छ । त्यसरी मुख्य अतिथि नै धेरै ढिलो आउँदा त्यहाँ उपस्थित सयौँ मान्छेको अमूल्य वा उत्पादक समय खेर जान्छ, अपव्यय हुन्छ । यो खेर गएको समयको क्षतिपूर्ति त्यसरी ढिलो आउने नेताबाट हुनुपर्ने प्रक्रिया स्थापना गर्नेतिर ध्यान दिने कि ? त्यसरी ढिला, अचाक्ली ढिलो आउने, अनि लामो भाषण गर्ने । त्यही कुराको पृष्ठपोषण गर्ने । यो रोग हाम्रा नेताहरू र नेतृत्वको मस्तिष्कमा लाग्यो । यो रोगको डाक्टर पनि छैन, ओखती पनि छैन । यो समयमा नपुग्ने र लामो छेउ न टुप्पाको भाषण गर्ने मस्तिष्क रोगको उपचारक आफै हो र प्रेसक्रिप्सन लेख्नै नपर्ने रोग हो । यसको उपचार समय चेतना नै हो । समय चेतना भयो भने यी ढिला जाने लम्बेतान भाषण गर्ने रोग आफै निको हुन्छ । अस्ति आइतबारकै एउटा उपमा उल्लेख गर्नु असान्दर्भिक नहोला । अस्ति बिहान कृष्ण केसीमाथि माओवादी सशस्त्र सङ्घर्षको क्रममा नेपाली सेनाको भैरवनाथ गणमा दिएका यातनाको पराकाष्ठा छर्ल· हुने एउटा लघु वृत्तचित्र देखाइएको थियो काठमाडौँको एउटा सिनेमा हलमा । तर, का. पुष्पकमल दाहाल प्रचण्ड एक घण्टा ढिलो आए । आधा घण्टा कुरेपछि डा. सुन्दरमणि दिक्षितले बहिष्कार गर्नुभयो ।
नत्र बहिष्कार गर्छन्
नेपालमा लोकतान्त्रिक गणतन्त्र जसलाई संविधानमै समाजवादउन्मुख भनिएको छ – व्यवहारमा सामाजिक सामन्तवादमा रूपान्तरण भइरहेजस्तो लाग्छ । अस्ति का. प्रचण्ड एक घण्टा ढिलो आउँदा त्यहाँ उपस्थित बुद्धिजीवीहरूले ‘वास्तवमा यो ढिलाइ सामाजिक सामन्तवादी प्रवृत्तिको नमूना हो’ भन्ने टिप्पणी गरे आपसमा । डा. सुन्दरमणिले त त्यो सामाजिक सामन्तवादको ठाडो विरोध गरी कार्यक्रम नै बहिष्कार गरे । आधा घण्टा कुरे अनि फर्किए । अरू हामीले भने त्यसो गर्न सकेनौँ । राजनीतिक, आर्थिक सामन्तवादको विरोध गर्न सकिने रहेछ तर सामाजिक सामन्तवादको विरोध सहज हुँदो रहेनछ । सामाजिक सामन्तवाद भयानक परिणाम दिने हुनेरहेछ । मन–मस्तिष्कमा पीडा दिने तर प्रस्फूटन भने गर्न नसकिने । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ अस्तिको त्यो लघु वृत्तचित्र हेर्न आएका थिए वा थिएनन् । त्यो एकिन गर्न सकिनँ । उनी आएका भए पक्कै पनि बहिष्कार गर्थे होलान् । उनी १५ मिनेटभन्दा बढी नपर्खने नीतिका आविष्कारक हुन् । यो सामाजिक सामन्तवाद मूलतः लोकतान्त्रिक गणतन्त्र आएपछि बढी चल्तीमा देखापर्न लागेको हो । राजनीतिक–आर्थिक सामन्तवाद नेपालमा नयाँ होइन । तर, सामाजिक सामन्तवाद नयाँ शासन पद्धतिको नमीठो, तमतमिँदो उपहार भएर आएको छ । राष्ट्रपति भण्डारी सामन्तवादबाट बढी ग्रस्त छन् । त्यसपछि जति ठूला नेता भए उति–उति सामाजिक सामन्तवादी ।
सबैको आँखो राष्ट्रपति
अझ गहिराइमै गएर यो सामाजिक सामन्तवादी प्रवृत्ति केलाउने हो भने सबभन्दा बढी सामाजिक सामान्तवाद राष्ट्रपति विद्यादेवी भण्डारीमा देखिन्छ । उनी राष्ट्रपति नहोऊञ्जेल यस्ती थिइनन् । त्यस स्थितिमा उनी त्यति चर्चामा पनि आउँदिनथिन् । राष्ट्रपति भएपछिको विद्यादेवीका काम–कारबाही र क्रियाशीलता हेर्दा उखेलिएको राजतन्त्र र राजाहरूको प्रतिच्छायाजस्तो देखिन्छ उनमा । कस्ले दिन्छ त्यस्तो सल्लाह, परामर्श उनलाई ! जिज्ञासा हुने रहेछ । राष्ट्रपति भण्डारीको विदेश यात्रा भयो, अझ त्यो यात्रा राजकीय भयो भने एक हप्ता अघिदेखि जनतामा मौन आतङ्क सुरू भइहाल्छ । कुन बाटो सवारी चल्छ, कुन बाटो सवारी फर्कन्छ । कति घण्टा बाटो रोकिन्छ, कुन कुन बाटो रोकिन्छ भन्ने प्रश्नले मान्छेहरूको दैनिकी नै खलबलिन्छ । मनमा फेरि प्रश्न उठ्छ राष्ट्रपतिलाई अलोकप्रिय कस्ले वा क–कसले कुन–कुन निकायले यस्ता फाल्टु कुरामा उकास्छन् र के स्वार्थ साधना गर्छन् ? यी सबै सतहमा आउँदैनन्, भूमिगत शैलीमा गरिन्छन् । राष्ट्रपतिका विभिन्न मुद्दाका सल्लाहकार भएर राज्यबाट सुविधा लिइरहेकाहरू पनि थुप्रै छन् क्यार ! तपाईँ सल्लाहकारहरू पनि राष्ट्रपति विद्यादेवीमा देखापरेको अलोकप्रियताको मुद्दाको दोषी देखिनुहुन्छ । तपाईँ यी नकारात्मक कुराप्रति पक्कै सचेत हुनुहोला । तर, राष्ट्रपतिबाट यस्ता व्यवहार नछोडेसम्म तपाईँ सल्लाहकार चोखो प्रमाणित हुन सक्नुहुन्न । तपाईँ राष्ट्रपतिका गतिविधि र व्यवहारबाट सन्तुष्ट हुनुहुन्छ भने तपाईँ तपाईँ रहनुभएन । सन्तुष्ट हुनुहुन्न भने खोइ त प्रतिक्रिया र राजीनामा !
नत्र जहाज डुब्ला
राज्य ठीकसँग चलाउन सक्नुभएन प्रधानमन्त्री केपी शर्मा ओलीले । यसका तड्कारा दृष्टान्त एक होइन अनेक छन् । पार्टी पनि चलाउन सक्नुभएन । त्यस्तै का. प्रचण्डले पनि । सरकार ठीकसँग सञ्चालन गर्न नसकेका त अनेक काम बिस्कुन झँै छन् । पार्टी त कम्तीमा पनि सुचारू चलाउन सक्नुपर्ने हो । त्यो पनि बाँझै छ । एमाले र माओवादी एक भएको गत २ गते वर्ष दिन बित्यो तर पार्टी एकीकरण काँचै छ । दुई–दुई जना पार्टी अध्यक्ष भएपछि एक जनाले पार्टी र एक जनाले सरकार चलाएको भए तनाव नै हुने थिएन । परन्तु त्यस दिशातिर पनि सिन्को सरेन त ? नेपाल कम्युनिस्ट पार्टी एक वर्ष त्यसै बुढो भयो । सम्पूर्ण नेता तथा कार्यकर्ताहरूका अमूल्य समय बरबाद भयो । काम ठोस एवम् परिणाममुखी रूपमा गर्नसक्ने योग्यता, क्षमता एवम् कर्मठता नभएको अवस्थामा हुने आजकै जस्तो हो, काल प्रक्षेपण । आडम्बर, दम्भ र इष्र्या मौलाउने नै भो ठोस एवम् परिणाममुखी काम नभएपछि । खै कहाँ गयो हिजोको त्यो ठोस ऊर्जा ? हिजो आश्रय दिने, सेल्टर दिने जनता आज किन भड्किरहेछन् नेता, नेतृत्व र पार्टीसँग ? कहिल्यै प्रयास भएको छ त्यो केलाउन र निक्र्यौलमा पुग्न ? तपाईँ नेतृत्वमा पुगेका नेताहरू एकपल्ट चिसो पानीमा नुहाएर वातानुकूलित अवस्थाबाट निस्केर चोखो मनले बाटो खोज्नोस्, फेरि जनतामा लैजान आफूलाई – नत्र जहाज डुब्ला ।
२०७६ जेठ ६
काम–कारबाही र क्रियाशीलता हेर्दा उखेलिएको राजतन्त्र र राजाहरूको प्रतिच्छायाजस्तो देखिन्छ उनमा । कस्ले दिन्छ त्यस्तो सल्लाह, परामर्श उनलाई ! जिज्ञासा हुने रहेछ । राष्ट्रपति भण्डारीको विदेश यात्रा भयो, अझ त्यो यात्रा राजकीय भयो भने एक हप्ता अघिदेखि जनतामा मौन आतङ्क सुरू भइहाल्छ । कुन बाटो सवारी चल्छ, कुन बाटो सवारी फर्कन्छ । कति घण्टा बाटो रोकिन्छ, कुन कुन बाटो रोकिन्छ भन्ने प्रश्नले मान्छेहरूको दैनिकी नै खलबलिन्छ । मनमा फेरि प्रश्न उठ्छ राष्ट्रपतिलाई अलोकप्रिय कस्ले वा क–कसले कुन–कुन निकायले यस्ता फाल्टु कुरामा उकास्छन् र के स्वार्थ साधना गर्छन् ? यी सबै सतहमा आउँदैनन्, भूमिगत शैलीमा गरिन्छन् । राष्ट्रपतिका विभिन्न मुद्दाका सल्लाहकार भएर राज्यबाट सुविधा लिइरहेकाहरू पनि थुप्रै छन् क्यार ! तपाईँ सल्लाहकारहरू पनि राष्ट्रपति विद्यादेवीमा देखापरेको अलोकप्रियताको मुद्दाको दोषी देखिनुहुन्छ । तपाईँ यी नकारात्मक कुराप्रति पक्कै सचेत हुनुहोला । तर, राष्ट्रपतिबाट यस्ता व्यवहार नछोडेसम्म तपाईँ सल्लाहकार चोखो प्रमाणित हुन सक्नुहुन्न । तपाईँ राष्ट्रपतिका गतिविधि र व्यवहारबाट सन्तुष्ट हुनुहुन्छ भने तपाईँ तपाईँ रहनुभएन । सन्तुष्ट हुनुहुन्न भने खोइ त प्रतिक्रिया र राजीनामा !
नत्र जहाज डुब्ला
राज्य ठीकसँग चलाउन सक्नुभएन प्रधानमन्त्री केपी शर्मा ओलीले । यसका तड्कारा दृष्टान्त एक होइन अनेक छन् । पार्टी पनि चलाउन सक्नुभएन । त्यस्तै का. प्रचण्डले पनि । सरकार ठीकसँग सञ्चालन गर्न नसकेका त अनेक काम बिस्कुन झँै छन् । पार्टी त कम्तीमा पनि सुचारू चलाउन सक्नुपर्ने हो । त्यो पनि बाँझै छ । एमाले र माओवादी एक भएको गत २ गते वर्ष दिन बित्यो तर पार्टी एकीकरण काँचै छ । दुई–दुई जना पार्टी अध्यक्ष भएपछि एक जनाले पार्टी र एक जनाले सरकार चलाएको भए तनाव नै हुने थिएन । परन्तु त्यस दिशातिर पनि सिन्को सरेन त ? नेपाल कम्युनिस्ट पार्टी एक वर्ष त्यसै बुढो भयो । सम्पूर्ण नेता तथा कार्यकर्ताहरूका अमूल्य समय बरबाद भयो । काम ठोस एवम् परिणाममुखी रूपमा गर्नसक्ने योग्यता, क्षमता एवम् कर्मठता नभएको अवस्थामा हुने आजकै जस्तो हो, काल प्रक्षेपण । आडम्बर, दम्भ र इष्र्या मौलाउने नै भो ठोस एवम् परिणाममुखी काम नभएपछि । खै कहाँ गयो हिजोको त्यो ठोस ऊर्जा ? हिजो आश्रय दिने, सेल्टर दिने जनता आज किन भड्किरहेछन् नेता, नेतृत्व र पार्टीसँग ? कहिल्यै प्रयास भएको छ त्यो केलाउन र निक्र्यौलमा पुग्न ? तपाईँ नेतृत्वमा पुगेका नेताहरू एकपल्ट चिसो पानीमा नुहाएर वातानुकूलित अवस्थाबाट निस्केर चोखो मनले बाटो खोज्नोस्, फेरि जनतामा लैजान आफूलाई – नत्र जहाज डुब्ला ।
Leave a Reply