भर्खरै :

राजनैतिक संस्कृति !

क्रिश्चिना
मेरो जातभाइ र गाउँ अनि टोलमा
पहिलो सुब्बा साहेब भएथेँ,
मेरा भाइ र मेरा बुबा–काका
ज्यापू नै थिए, म धेरै माथि पुगेँ ।
चाकडी–चुकडीले पुनः थामियो पद
उन्नति भयो मेरो पद थपिँदै
जनता सा¥है बलिया सम्झन्थेँ
पुस्तक पढेर साथीहरूको तर !
होइन रहेछ, मात्र बालुवाको ढिस्को
व्यक्तित्व मेरो बढ्यो, बढ्यो आम्दानी
बीस वर्षपछि साथी आइपुगे अचानक
बाकसमा राखिएका कागजपत्र लिन ।
“मैले त साथी जलाएँ सबै, रक्सी पार्दा
चुलोमा प्रहरीले देख्लान् भनी
महत्व बुझिनँ ती कागजपत्रको
दाँजोमा मेरो पदोन्नतिसँग ।”
एकजना किसान भाइ आए, तत्काल
भने, “मैले त प्लास्टिकमा पोको पारी
काठको सानो बाकसमा, खाडल खनी
मज्जाले लुकाएँ–साबुत अहिले सबै ।”
कर्मचारीले पदमात्रै बुझे, बुझेनन्
राजनीतिको महत्व, भविष्यको
तत्कालको खन् – खन् बुझे तलब
बुझेनन् परिवर्तन, राजनीतिको महत्व ।
किताब होस् वा लेखिएका रचनाभन्दा
पैसाको मोल, नोटको मोल बढी
नोटले पुस्तक थुप्रै किन्न पाइन्छ
तर, के थाहा ? लेखोट सबै पुस्तक होइनन् !
थरी – थरीका लेखोट, थरी – थरीका विषय
दराज र बासकमा थन्काई, नभनी
कसैलाई आफू गए विदेश
दश वर्षपछि खोजियोे लेखोट !
झल्याँस्स हुँदै भन्यो, “त्यो लेखोट
मसँग छ, भन्न बिर्सेँ साथीलाई,
सायद किराले खायो होला,
म मेरो टोलको पहिलो स्नातक !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *