छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, १२ जेठ । “सङ्घ राज्यबारे समाजवादी मुलुकहरूको संविधान अध्ययन नगरेकै हुनाले प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा र स्थानीय निकाय सङ्घ राज्यको एकाइ हो भन्न पुगेको हो । स्वायत्तता र विकेन्द्रीकरणको अर्थ नबुझी सरकार प्रमुख हुनेहरूले शब्दको दुरूपयोग गरिरहेको हुँदा शिक्षकहरू सचेत हुनुपर्छ ।”
सेवा निवृत्त शिक्षक समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ स्मारिका पाँचौँ अङ्क विमोचन तथा सेवा निवृत्त वरिष्ठ शिक्षक अभिनन्दन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उक्त भनाइ राख्नुभएको हो ।
आइतबार भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “काठमाडौँ उपत्यकामा देशभरिका मान्छे थुपार्दै लैजानाले यहाँका नदी–नालाहरू प्रदूषित बन्दै छ । खानेपानी, ढलनिकास, बाटोघाटोको समस्याका साथै सांस्कृतिक आक्रमणले सहर विकृत बन्दै गएको छ । यसो हुनुमा हालसम्म सरकारमा गएका पार्टीहरू नै दोषी छन् ।”
नेपालका राजनीतिक परिवर्तनहरू विदेशीहरूको प्रभावको कारण भएको हुँदा देशमा मौलिक परिवर्तन नभएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
मानिस उमेरले वृद्ध नहुने उदाहरण दिँदै विचार र सक्रियताको कारण ९० वर्षको उमेर पुगेका क्युवाका राष्ट्रपति फिडेल क्याष्ट्रो युवा नै भन्ने गरेको उहाँले बताउनुभयो ।
आयोजक समाजका अध्यक्ष नाति कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याइच्याई, विश्वराम कवां, गीता हाडा र विश्वनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले सेवा निवृत्त शिक्षकरू दिलबहादुर ब्याञ्जू, गोपाल बासुकला, हरिहर पोखरेल, लम्बोदरप्रसाद राइठोर, नकुल प्रजापति, बिकुनारायण मुनंकर्मी र बुद्धिकुमार प्रजापतिलाई सम्मान गर्नुभएको थियो ।
Leave a Reply