म भैल खः हुँ
- बैशाख ४, २०८३
काठमाडौँ १२ जेठ । राजधानीको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा आइतबार दिउँसो तीनजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
सुकेधारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । दुवै घटनामा प्रतिबन्धित पार्टी नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा बम बनाउने क्रममा विस्फोट भएको पाइएको प्रहरीले जनाएको छ ।
सुकेधारा विस्फोटमा घाइते भई ओम अस्पतालमा उपचाररतमध्ये नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले प्रहरीलाई त्यही बयान दिएका छन् ।
‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएका छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।
सुकेधारा विस्फोटमा एकजनाको घटनास्थलमै र दुईजनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
पक्राउ परेका सुरेन्द्रले प्रहरीलाई बताएअनुसार सुकेधारामा उनीसहित ६ जनाको समूह थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए । दुईजना भने नयाँ रहेको सुरेन्द्रले प्रहरीलाई बयान दिएका छन् ।
शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् । मृतक को–को हुन् भन्ने खुलेको छैन ।
विद्यार्थीको डेरामा विस्फोट
सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ ।
विस्फोटमा प्रज्ज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । केसी विप्लव समूहसम्बद्ध विद्यार्थी सङ्गठनको त्रिचन्द्र कलेजका एकाइ अध्यक्ष भएको खुलेको छ ।
विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राख्न बनाइएको र त्यही क्रममा विस्फोट भएको पाइएको छ ।
टाइम र रिमोर्ट नभेटिएकोले बम बनाउने क्रममै विस्फोट भएको प्रहरीको विश्लेषण छ ।
नागढुङ्गा र लगनखेलमा बम फेला
काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ । नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुईजना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । घाइतेमध्ये एकजना बुद्ध लामा र अर्काको परीचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्यस्तै लगनखेलको बसपार्कभित्र प्रेसर कुकरमा शङ्कास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । सो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले जानकारी दिनुभयो ।
Leave a Reply