विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
करभिका
“गणतन्त्र स्थापना भएको दसक बितिसक्यो । तर, अझै जनताले गणतन्त्रको आभास गर्न पाएका छैनन् ।”
“पहिले एक राजा थिए । अहिले सयौं राजा बनेका छन् ।”
“जुन जोगी आए पनि कानै चिरेका”
चिया चौतारीदेखि दैनिक अखबारका अप–एडसम्म, सामाजिक सञ्जालका भित्तादेखि कमेन्ट बक्ससम्म यस्तै भावार्थका अभिव्यक्ति सामान्यतः पढिने, सुनिने र लेखिने गरेको छ । औपचारिक पदमा बसेका मानिसले औपचारिकरूपमा दिएका एकाध अभिव्यक्तिबाहेक आमरूपमा गणतन्त्रप्रति गौरवबोध भेटाउन मुस्किल छ । थोरै मानिस राजतन्त्र नै उपयुक्त थियो भन्ने आशयमा यस्तो अभिव्यक्ति दिइरहेका छन् भने अधिकांश मानिस राजतन्त्रप्रतिको मोहले भन्दा गणतन्त्रले अपेक्षित नतिजा दिन नसकेको असन्तुष्टि पोख्न यस्तो सोच बनाइरहेका छन् । राजतन्त्रकै झल्को दिने, अझ कतिपय सन्दर्भमा त राजा र राजतन्त्रलाई समेत माथ पार्ने तरिकाका आजका शासकहरूको व्यवहार देख्दा मानिसलाई गणतन्त्रप्रति आफ्नो अतृप्त इच्छा ‘मिस’ गर्छन् ।
सडक छेउ नाङ्लो पसल थापेकी बुढी आमाले आजका राष्ट्रपतिको सवारी हिजोका राजाभन्दा कुनै पनि कोणमा भिन्न नदेख्दा कसरी महसुस गर्लिन् उनले गणतन्त्रलाई । महँगीले हिजो पनि ढाड भाँचिएको एक जना कार्यालय सहायकले आज पनि महँगीको प्रहारले ढाड प्लास्टर गरेरै हिंड्नु पर्दा कहाँनिर गणतन्त्रको आभास गर्न सक्लान् । हिजो एकजना गरिबका छोराछोरीलाई विश्वविद्यालय शिक्षा जति आकाशको फल थियो, आज पनि उस्तै छ । रोजगारको लागि हिजो एकजना युवाले जति कठिनाइका पहाड पार गर्नुपथ्र्यो, हिजोभन्दा आज पहाड अग्लिएको छ । जीवनप्रति मानिस अझ असन्तुष्टिएका छन् । अखबार र सञ्चारमाध्यमका सङ्ख्या धेरै बढे । तर, त्यहाँ लेखिने समाचार र आलेखमा अझै फैलिन सकेको छैन–मुस्कान । सबै उस्तै छन् । बरु कति कुरा बिग्रेका छन् । हिजो सहरमा मानिसको सङ्ख्या कम थिए । सवारी साधन कम थियो । सवारी जाममा घण्टौ लाम बस्नुपर्थेन । हावा स्वच्छ थियो । खानेकुरामा मिसावट थिएन । प्रहरी चौकीका बोर्डमा अपराधको सङ्ख्या कहिलेकाहीं चढ्थ्यो । नदी सफा थिए । खानेपानी मनग्य थियो । (अरु पनि धेरै होलान् ।) यी सबै समस्या गणतन्त्र आए यताका पक्कै होइनन् । तर, गणतन्त्र र गणतन्त्रका नयाँ शासकले यी समस्या सुल्झाउन सकेनन् होइन, सुल्झाउने मेलोमेसो पनि गरेनन् । त्यसकारण जनताको सीधा आँखाले जहाँ सम्भव छ, त्यही लेखेका छन्, बोलेका छन्–खोइ गणतन्त्रले पनि जनताको प्यास मेट्न सकेन ।
२०५८ मा राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दा अधिकांश नेता र राजनीतिक दलहरू के गर्ने र कसो गर्ने, भन्नेमा अन्योल थिए । तीमध्ये कतिले राजाको कदमलाई आफ्नो सत्तारोहणको अवसर मानेका थिए । त्यत्तिबेला एउटा व्यङ्ग्य निकै चर्चित थियो– सपथग्रहणको लागि नेताहरूका नयाँ दौरा सुरुवाल तयार छन् । सैद्धान्तिकरूपमा राजतन्त्रविरोधी भए पनि तत्कालीन परिस्थितिमा गणतन्त्र नै ल्याउने मनस्थिति सशस्त्र सङ्घर्ष गरिरहेको माओवादीको पनि थिएन । ‘संसदवादी दल’ लाई छेउ लगाएर राजासँग मोर्चाबन्दी गर्ने तयारीमा माओवादी नै रहेको खुलासा आज आएर त भइसकेको कुरा हो । आन्दोलनका सुरु सुरुका दिनमा राजतन्त्रविरोधी नारा लागेको थिएन । ‘प्रतिगमन मुर्दावाद !’, ‘लोकतन्त्र पुनर्बहाली गर !’ नै आन्दोलनको प्रमुख नारा थिए । अर्थात् आन्दोलनरत राजनीतिक दलहरू त्यही आन्दोलनबाट राजतन्त्र फालिहाल्ने पूर्वयोजनामा थिएनन् । आन्दोलनको विकाससँगै राजतन्त्रको औचित्यमाथि क्रमशः बहस हुनथाल्यो । शाही सत्ताको दमनप्रति आक्रोश र प्रतिरोधकै आवाजको रूपमा राजतन्त्रको विरोध हुन थालेको थियो । हिजो सहास बनेको राजतन्त्रको विरोध समयान्तरमा क्रमशः फेसन बन्दै गयो ।
सरकारी अभिलेखमा जे लेखिएको भए पनि सर्वसाधारण नेपालीको मनमा राजा वीरेन्द्रको वंश विनाशमा ज्ञानेन्द्रको हात कुनै न कुनै रूपमा थियो भन्नेमा ढुक्क थियो । पारस शाहको अराजक व्यवहारले पनि ज्ञानेन्द्र परिवारप्रति नेपाली जनताको भावना सकारात्मक थिएन । मानिसको मनमा दबिएको यो भावनालाई शाही सत्ताको दमनले आक्रोशित युवाहरूले लगाएको राजतन्त्रविरोधी नारालाई बाहिर अभिव्यक्त गर्न मार्गप्रशस्त ग¥यो । मानिसहरू नारायणहिटी दरबारभित्र छोपिएको फोहोरको गन्ध चाल पाउन थाले । रत्नपार्कबाट युवाहरूले नारायणहिटी दरबार नाङ्गो देख्न थाले । राजतन्त्रको नग्नता युवाहरूले औंल्याउन थालेपछि सडक छेउछाउ उभिएका अरू ‘प्रजा’ हरूले पनि राजा नाङ्गै देखे । सडकमा गणतन्त्रको नारा नै मूल नारा बन्दै गयो ।
जनस्तरमा राजतन्त्रप्रतिको अलोकप्रियताको रक्तचाप बुझेको दक्षिणी छिमेकीले राजतन्त्रलाई काँध बोकेर अब नेपालमा आफ्नो प्रभावलाई निरन्तरता दिन नसकिने निक्र्योल गरी राजाविरोधी शक्तिलाई एक ठाउँमा ल्याएर अर्को दिल्ली सम्झौताको तारतम्य मिलायो । बा¥हबुँदे सम्झौता वास्तवमा दिल्ली सम्झौताको दोस्रो संस्करण थियो । देशभित्र बसिसकेको राजतन्त्रविरोधी बीउलाई उपयुक्त तापक्रम मिलाउने काम दिल्लीबाट भयो । धेरैले यो आन्दोलनको अण्डाबाट गणतन्त्र कोर्लने पूर्वानुमान गरेका थिएनन् । गणतन्त्रको अपेक्षा नगरी भएको आन्दोलनले गणतन्त्र जन्माउँदा शासकहरू अर्को अन्योलमा परेका हुन् । आन्दोलनको आगोले आजका नेताहरूको चिन्तनलाई गणतान्त्रिक नै बनाइसकेको थिएन तर गणतन्त्रको जन्म भयो । फलतः आजका शासक गणतन्त्रलाई एउटा तन्त्रको ठाउँमा हुर्केको अर्को तन्त्रकै अर्थमा बुझिरहेका छन् । गणतन्त्र सत्ता परिवर्तनको खेलमात्र होइन, यो राजनीतिक संस्कृतिको फेरबदल पनि हो भन्ने कुरा शासकहरूले अझै बुझ्न सकेका छैनन् ।
गणतन्त्र स्थापनासँगै राजनीतिक नेतृत्वले मिहिनेतका साथ हुर्काउनुपर्ने राजनीतिक संस्कृति नेताहरूले हुर्काउन सकेनन् । राजतन्त्र प्रतिगामी र जनविरोधी व्यवस्था हो, त्यसकारण त्यसलाई मिल्काएर नयाँ व्यवस्था स्थापनाको खाँचो परेको ऐतिहासिक सत्यलाई नेताहरूले व्यवहार र राजनीतिक संस्कृतिबाट पुष्टि गर्नुपर्ने थियो । यो काममा नेताहरू असफल भए । हिजोको व्यवस्थालाई गलत प्रमाणित गर्न आजको व्यवस्थालाई हिजोभन्दा सुन्दर बनाउन जरुरी थियो । सत्ताभोगीहरूले यसमा मिहिनेत गरेको देखिएन । बरु हिजोकै पुराना कानुन र ऐनमा उभिएर राजाको सट्टा आफ्नो स्थान सुरक्षित गरेको देखियो । फलतः जनताले गणतन्त्रको अनुभूति आफ्नो जीवनमा गर्न पाएनन् ।
राजनीतिक व्यवस्था परिवर्तनको सबभन्दा प्रत्यक्ष अनुभूति जनताले आर्थिक कार्यक्रममा गर्ने हुन् । आर्थिक कार्यक्रममार्फत जनताले दैनिक जीवनमा अनुभव गर्ने सहजताले नै राजनीतिक परिवर्तनको महत्र्व जनताले बुझ्ने हुन् । आफूले खाने खाना, लगाउने लुगादेखि छोराछोरीको कक्षाकोठासम्म मानिसले हिजोको तुलनामा सकारात्मक सहजता अनुभव गर्दा राजनीतिक परिवर्तनको सार्थकता रहने हो । तर, गणतन्त्रका शासकहरूले त्यस्तो कुनै जनताले अपरिहार्य ठानेका कुनै आर्थिक र सांस्कृतिक परिवर्तन अनुभव गर्न पाएनन् । सरकारले ल्याएका त्यस्ता केही कार्यक्रम पनि सस्तो लोकप्रियतामा मात्र सीमित भएको देखियो । विदेशमा रोजगारीको लागि धाउनुपर्ने बाध्यताबाट नेपाली जनता अझै पनि मुक्त भएका छैनन् । उद्योग कलकारखाना स्थापनाको लागि सरकारले दिनुपर्ने प्रोत्साहन न हिजो थियो, न आज बढेको छ । सामाजिक कार्यक्रम जनताको जीवनको आहतको मल्हम बन्न सकेको छैन । संविधानमा उल्लेखित ‘समाजवादउन्मुख’ शब्द ‘खाउँ कान्छा बाउको अनुहार, नखाउँ दिनभरको शिकार’ बनेको छ ।
गणतन्त्र स्थापनाको दसक नाघिसक्दा पनि नेपाली जनताले हिजो र आजमा तात्र्विक भिन्नता अनुभूति गर्न नसक्नु गणतन्त्र हाँक्ने राजनीतिक नेतृत्वकै असफलता हो । नेपालमा राजनीतिक व्यवस्था र सरकारमा पदधारण गर्ने अनुहार बदलिए । तर, जुन वर्गले नेपाली जनतालाई शासन गर्दै आएको थियो, त्यो वर्ग बदलिएको छैन । पञ्चायतकालमा जुन वर्गले पञ्च बनेर शासन गरेको थियो, आज पनि त्यही वर्गले नेपालमा शासन गरिरहेको परिणामले पुष्टि गरिरहेको छ । शासन गर्ने नेता र परिवार बदलिए । तर, वर्ग र राजनीतिक संस्कृति बदलिएको छैन । गणतन्त्र संस्कृतिमा अभिव्यक्ति हुन सकेन । गणतन्त्र राजनीतिक वृत्तमा सीमित रह्यो, जनताले गणतन्त्र देख्न पाएका छैनन् ।
Leave a Reply