इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?
- भाद्र १७, २०८३
नेपालका भूतपूर्व भारतीय(गोर्खा) सिपाहींको लागि भारतको बजेट नेपालको कुल रक्षा बजेट भन्दा बढी छ । नेपालबाट गएका १ लाख २७ हजार भूतपूर्व भारतीय सिपाहींको लागि भारतले ४० अर्ब रुपैंया विनियोजन गरेको छ भने चालु आर्थिक वर्षमा नेपालको कुल रक्षा बजेट ३६ अर्ब रुपैंया छ ।
पेन्सनको रुपमा नेपालमा धेरै भन्दा धेरै रेमिटेन्स भित्रिनु नेपाली जनताको लागि खुशीको खबर हो । भाडाको सिपाहींकै काम सही, नेपालीहरुले भारतीय सेनामा गएर देखाएको बहादुरी वापत पैसा पाउनु राम्रो कुरा हो ।
तथापि पेन्सन वितरण गर्नेमा नाममा भारतीय अधिकारी र एजेन्टहरु नेपालमा घुसपैठ गरिरहेको धेरैको विश्लेषण छ ।
नेपालमा रहेका भूतपूर्व गोर्खा सेनालाई पेन्सन वितरण गर्न भारतले काठमाण्डौंस्थित भारतीय दुतावासको एउटा शाखालाई जिम्मा लगाएको छ । काठमाण्डौ, पोखरा र धरान गरी नेपालका तीन शहरहरुमा भारतले आफ्नो पेन्सन वितरण कार्यालय खोलेको छ । तर आजभोलिको जमानामा पेन्सन वितरणको लागि कार्यालय नै खोलेर बस्नुभन्दा बैकिङ प्रणाली उपयुक्त हो । तथापि भारतले त्यही कामको लागि भनेर नेपालका विभिन्न भागमा क्याम्प खोलेर बसेको छ ।
भारतीय सेनाअन्तर्गत पूर्व गोर्खा सेनाको कल्याणको नाममा दक्षिणी छिमेकी देश भारतले नेपालका २२ जिल्लाहरुमा जिल्ला सेना बोर्ड गठन गरेको छ ।
नयाँ दिल्लीले कल्याण र विकासको नाममा नेपालभित्र घुसपैठ गरी चीनविरुद्ध गुप्तचरीको काम व्यापक रुपमा गर्दैआएको छ । भारतले आफ्नो धुर्त भूराजनीतिक चाहना पूरा गर्न नेपाली भूमि प्रयोग गर्ने विशेषाधिकारमा रमाइरहेको छ ।
साथसाथै भारतीय सेनाका अधिकारीहरु नेपालका ग्रामीण क्षेत्रमा त्यहाँको जनजीवनबारे अध्ययन गर्न बिनारोकतोक घुमफिर गरिरहेका छन् । गएका केही सालदेखि भारतबाट आएका त्यस्ता धेरै टोलीहरु नेपालका विभिन्न भूभागमा पुगेका छन् । भारतीय दुतावासले नेपालका रणनीतिक रुपमा महत्वपूर्ण धेरै क्षेत्रहरु जस्तै मुस्ताङमा विभिन्न विकासे कार्यक्रम र परियोजनाको नाममा मनग्य लगानी गरिरहेको छ ।
भारतका त्यस्ता काम पछाडि केही अरु नै बद्नियत रहेको देखापर्दछ ।
नयाँ दिल्लीले कल्याण र विकासको नाममा नेपालभित्र घुसपैठ गरी चीनविरुद्ध गुप्तचरीको काम व्यापक रुपमा गर्दैआएको छ ।
भारतले आफ्नो धुर्त भूराजनीतिक चाहना पूरा गर्न नेपाली भूमि प्रयोग गर्ने विशेषाधिकारमा रमाइरहेको छ । नेपालका संवेदनशील क्षेत्रहरुमा भारतले आफ्नो सैनिक गुप्तचरीको जालो नै बिछ्याएको छ । तर विडम्बना नेपालका शासक वर्ग भारतका त्यस्ता गतिविधिअघि नतमस्तक भएर बसेको छ । यसरी नै सबै कुरालाई निरन्तरता दिन लगाउने हो भने दिर्घकालमा यसले नेपालको कदापि पनि हित गर्ने छैन ।
द विक्ली मिररबाट अनुदित
Leave a Reply