भर्खरै :

थ्रेसहोल्डविरुद्ध रत्नपार्कमा विरोधसभा

काठमाण्डौं, १५ चैत । देशको संघीय निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ एक जना र समानुपातिक प्रणालीतर्फ तीन प्रतिशतको मत सीमा सहितको राजनीतिक दलसम्बन्धि ऐनको विरोधमा नेपाल मजदुर किसान पार्टी काठमाण्डौ जिल्ला समितिको आयोजनामा सोमबार काठमाण्डौं रत्नपार्कमा विरोध सभा भयो ।
सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले शासक दलका केही नेताहरुले साना दलहरुले सुविधाको लागि मतसीमाको विरोध गरेको भन्ने झुठ्ठा आक्षेपको खण्डन गर्दै नेमकिपाले कुनै सरकारी सुविधाको लोभमा नभई जनताको प्रजातान्त्रिक अधिकार रक्षाको लागि थ्रेसहोल्डको विरोध गरेको प्रष्ट पार्नुभयो ।
उहाँले नेपाली जनताले प्रजातान्त्रिक अधिकारको लागि पञ्चायती बन्दोबस्त फालेको र आज श्रीपेच नभएका शासक दलहरुले निरंकुशता लाद्न मतसीमाको ऐन पारित गरेको बताउनुभयो ।

‘थ्रेसहोल्डको नाममा तीन दलीय तानाशाही लाद्न खोजिंदैछ । नेपालको इतिहासमा धेरै तानाशाहीहरुको अन्त्य भइसकेको छ । तानाशाही लाद्न खोज्ने तीन दलहरुलाई पनि जनताले एक दिन विदा गर्नेछन्’

‘सत्ताको लागि सिद्धान्तमा सम्झौता गर्ने शासक दलहरुका कारण देशमा अस्थीरता आएको हो । आज आफू यो दोषबाट साखुल्य बन्न साना दलहरुमाथि अस्थीरता निम्त्याएको दोषारोपण गरिरहेका छन् ।’, महर्जनले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले शासक दलहरुले मतसीमाको बन्दोबस्त गरेर प्रजातन्त्रको हत्या गर्न खोजेको भन्दै नेमकिपाले शासक दलहरुको प्रजातन्त्र म्हास्ने शासक दलहरुको दिवास्वप्न सफल हुन नदिने बताउनुभयो ।
‘थ्रेसहोल्डको नाममा तीन दलीय तानाशाही लाद्न खोजिंदैछ । नेपालको इतिहासमा धेरै तानाशाहीहरुको अन्त्य भइसकेको छ । तानाशाही लाद्न खोज्ने तीन दलहरुलाई पनि जनताले एक दिन विदा गर्नेछन्’, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले नेपालको संसदमा नेमकिपाले साम्राज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गरेकोले बदला लिन विस्तारवादको दबाबमा थ्रेसहोल्डको बन्दोबस्त लागु गरेको बताउनुभयो ।
शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकलाई देखाउँदै उहाँले भन्नुभयो,‘प्रजातन्त्रको लागि जीवन बिताएका नेताहरुले आज प्रजातन्त्र म्हास्ने काम भएकोमा शासक दलहरुलाई सराप्नेछन् ।’
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले आफ्नो सत्ता जोगाउन मृत्युशैय्यामा सुतिसकेका पञ्चहरु र राजावादीहरुलाई टाउकोमा राख्ने कांगे्रस, एमाले र माओवादी नै देशमा राजनीतिक अस्थीरताको कारण भएको बताउनुभयो ।
उहाँले संसदमा दश जना सांसद नभएको दललाई सरकारमा जान नपाउने बन्दोबस्त गर्नुपर्ने र सरकारमा लाने पार्टीलाई कार्यबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा नेक्रायुसंघका केन्द्रीय उपाध्यक्ष राजवीर डंगोलले थ्रेसहोल्ड नेपाली जनताले बनाएको संविधानको प्रस्तावना र भावना विपरीत भएको प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *