भर्खरै :

भेनेजुयला एक्लो छैन–मोरालेस

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले अमेरिकी राज्य संगठन(ओएएस)का प्रमुखले भेनेजुयलाको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्न गरेको प्रयास तथा पछिल्लो हमलाविरुद्ध भेनेजुयलाप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
संरा अमेरिकाले भेनेजुयलाको बोलिभारियाली क्रान्तिलाई विफल बनाउन सकेन । लुइस अल्माग्रोले नेतृत्व गरेको अमेरिकी राज्य संगठन संरा अमेरिकी उपनिवेश मन्त्री जस्तै गरी आज भेनेजुयाली क्रान्ति विफल बनाउन लागिपरेको छ ।’, आफ्नो ट्विटरमा मोरालेसले लेखे । उरुग्वेका दक्षिणपन्थी राजनीतिज्ञ लुइस अलमाग्रो अमेरिकी राज्य संगठनका महासचिव हुन् ।
‘साम्राज्यवादको विरोध र सामाजिक आन्दोलनहरुले मात्र हाम्रो प्रजातान्त्रिक क्रान्तिको रक्षा गर्न सक्दछ । भेनेजुयला एक्लै भने छैन ।’, उनले थपे ।
अमेरिकी राज्य संगठनका महासचिव अल्माग्रोले तथाकथित ‘प्रजातान्त्रिक घोषणा पत्र’को नाममा दक्षिण अमेरिकी देश भेनेजुयलामाथि पेल्ने प्रयासको प्रतिक्रियामा मोरालेसले त्यस्तो टिप्पणी गरेका हुन् । सन् २०१४ मा भेनेजुयलामा ४३ जनाको ज्यान जाने गरी भएको एउटा हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै जेलमा राखिएका भेनेजुयलाका विपक्षी नेताहरुका पत्नीहरुले दिएका निवेदन बुझ्दै ओएसीका महासचिवले भेनेजुयलालाई अप्ठ्यारोमा पार्ने गरी नयाँ अपील सार्वजनिक गरेका हुन् ।
गएको बिहीबार ओएसीका १४ वटा देशहरुले भेनेजुयलामा तथाकथित ‘मानवअधिकार उल्लंघन’ को विषयमा ‘गहिरो चासो’ व्यक्त गर्दै जारी गरेको संयुक्त वक्तव्य मेक्सिकोको विदेशमन्त्रालयको वेभसाइटमा राखिएको थियो ।
१४ देशको समूहले ओएसीमा भेनेजुयलाबारे मतदानको निवेदन दिन संयुक्त अवधारणा तयारी गर्ने घोषणा गरेका छन् ।
त्यसरी हस्ताक्षर गर्ने देशहरुमा अर्जेन्टिना, ब्राजिल, क्यानाडा, चिली, कोलोम्बिया, कोस्टा रिका, ग्वाटेमाला, होण्डुरस, पानामा, पाराग्वे, पेरु र उरुग्वे आदि छन् ।
ओएसीले मतदानको लागि आगामी मार्च २८ लाई तय गरेको छ जबकि मार्च २७ को दिन संगठनको सर्वोच्च निकायको बैठक आमन्त्रण गरेको छ ।
‘हाम्रो देशमाथि हमला र हस्तक्षेपमार्फत संरा अमेरिकाको योजनाअनुसार थोपरिएको नयाँ वाशिङ्टन सहमतिको हामी भत्र्सना गर्दछौं’, भेनेजुयलाका विदेशमन्त्री दिल्सी रोड्रिग्युजले ओएसीका घोषणाको विरोध गर्दै आफ्नो ट्विटरमा लेखे ।
‘संरा अमेरिकाको विदेश विभागले भेनेजुयलामाथि हमला गर्न क्षेत्रीय अधिकारको कुरा गरिरहेको प्रष्ट भइसकेको छ ।’, उनले भने ।
अलिमाग्रोले केही वर्षदेखि प्रजातान्त्रिक तरिकाबाट निर्वाचित बनेका भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोलाई हटाएर नयाँ निर्वाचनको कुरा उठाइरहेका छन् ।
सन् २०१५ मा ओएसीको प्रमुखको पदमा बसेयता उरुग्वेका कुटनीतिज्ञ अल्माग्रोले भेनेजुयलाको राजनीतिमा आवश्यकताभन्दा बढी चासो राख्दै आएका छन् । भेनेजुयलाका विरोधी र विरोधमा गरिएका आह्वानको पक्षमा लागेका देशहरुको साथ लिएर उनी आफ्नो समय भेनेजुयलाको जननिर्वाचित सरकारविरुद्ध लागेका छन् ।
अल्माग्रोले क्युवामा पनि सत्ता परिवर्तनको लागि आफ्नो सक्रिय भएका छन् । ल्याटिन अमेरिकामा प्रजातन्त्रको लागि युवाहरुको सञ्जाल नामको अवैधानिक दक्षिणपन्थी सम
हलाई समर्थन गरेर क्युवा सत्तापरिवर्तनको प्रयास गरेका थिए । गएको महिना आरएलजीडीले अलिमाग्रोले ‘प्रजातन्त्रको पक्षमा पु¥याएको’ योगदानको कदरस्वरुप दिएको पुरस्कार क्युवा आउन खोज्दा उनलाई क्युवा सरकारले रोक लगाएको थियो ।
उरुग्वेमा अलिमाग्रो विदेशमन्त्री हुँदा त्यहाँका राष्ट्रपति जोसे मुजिका थिए । मुजिका वामपन्थी विचारधाराका थिए । तथापि अलिमाग्रोले बोलिभियाको मोरालेस र निकारागुआका राष्ट्रपति डालियल ओर्टेगाको विरोधमा बोल्ने र काम गर्दैआएका छन् ।
स्रोतः टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *