भर्खरै :

महिलामा नसा, पायल्स र आङ खस्ने रोग

विदुर, १३ जेठ (रासस) : नुवाकोटको ककनी गाउँपालिका, रानीपौवामा महिलाका लागि गाउंँमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । रानीपौवा प्राथमिक स्वास्थ्य केन्द्रमा पशुपति होमियोप्याथिक अस्पतालद्वारा आज आयोजित एकदिने स्वास्थ्य शिविरमा अधिकांश महिलामा नसा तथा पायल्सको समस्या भेटिएका कारण सन्तुलित आहारविहार तथा अत्याधिक पानी पिउन सुझाव दिइएको शिविरको नेतृत्व गर्नुभएका चिकित्सक डा प्रेमनारायण श्रीवास्तवले बताउनुभयो । चार सय जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक होमियोप्याथिक पद्धतिका औषधि निःशुल्क वितरण गरिएको डा. प्रेमनारायण थियो ।
डा श्रीवास्तवका साथमा चार चिकित्सकसहित २५ जनाको स्वास्थ्य टोलीले विरामी परीक्षण तथा आवश्यक औषधि वितरण गरेको स्वास्थ्यकर्मी सरिता प्रजापतिले जानकारी दिनुभयो । शिविरमा बिरामीको चिह्न तथा लक्षण हेरेर चिरफारबाहेक होमियोप्याथिक पद्धतिबाट पाठेघर स्क्रिनिङ, भिआइए (पाठेघर अर्बुद) तथा प्रजनन स्वास्थ्यसम्बन्धी उपचार गरिएको थियो । शिविरमा स्थानीय रानीवौवा, ककनी, चतुराले, थानसिङ र छापथोकका बिरामीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । ग्रामीण महिलामा भने आङ खस्ने समस्या पाइएको स्वास्थ्यकर्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *