भर्खरै :

प्रधानमन्त्री कप क्रिकेट ः एपिएफको दोस्रो जीत

काठमाडौँ, १३ जेठ (रासस) : राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफको लगातार यो दोस्रो जीत हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले जीतका लागि दिएको १२६ रनको लक्ष्य एपिएफले ३४ दशमलव ४ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । कप्तान पृथु बाँस्कोटाले अविजित ३२ रन बनाए । शरद भेषवाकरले २६, सन्दीप जोराले २२ र सुमित महर्जनले १५ रन बनाए । बलिङतर्फ सुदूरपश्चिम प्रदेशका विनोद लामाले तीन तथा शेर मल्लले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाई १२५ रन बनायो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रनको योगदान दिए । विपिन रावलले २१, खडक बोहोराले १९, रोशन अधिकारीले १६ तथा कप्तान शेर मल्लले ११ रन बनाए ।
बलिङतर्फ एपिएफका अविनाश बोहोराले दुई, पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच पृथु बाँस्कोटा भए । समूह ‘ए’ मा रहको एपिएफले दुई खेल जित्दै ४ अङ्क जोडेको छ । पहिलो खेलमा एपिएफले प्रदेश नं ३ लाई ४१ रनले पराजित गरेको थियो । जारी प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *