भर्खरै :

प्रतिबन्धि भारुबारे कुरा गर्न भारतीय बैंकको प्रतिनिधि काठमाण्डौमा

भारतले ५ सय र एक हजार भारु मुद्रा प्रतिबन्ध लगाएपछि अलमलमा परेका नेपाली नागरिकहरुका समस्या समाधान हुने संकेत प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकका एक वरिष्ठ अधिकारीले बताएअनुुसार भारत सरकार नेपाली नागरिकसँग भएका ४ हजार ५ सयसम्मका पाँच सय र एक हजारको भारु साट्न तयार भएको छ । कानुनअनुसार एक जना नेपाली नागरिकले ४५ सयसम्म भारु मात्र राख्न पाउँछ ।
नेपालले सन् २०१५ को जनवरीदेखि नेपाली तथा नेपालमा रहेका भारतीय नागरिकलाई अधिकतम २५ हजार भारुसम्म बोक्न छुट दिंदै आएको छ । तर एक सय भारुसम्म मुद्रा नेपालमा लामो समयदेखि नै खुलारुपमा बजारमा चल्ने गरेको छ ।

भारतीय राष्ट्र बैंकका अधिकारीहरुले नेपाली नागरिकसँग भएको ४५ सयसम्मको भारु साट्ने सक्ने बन्दोबस्त गर्ने व्यवस्था गर्ने भएका छन् । तर हामीले त्यो कम भयो भनेका छौं ।’, नेपाल राष्ट्र बैंकका विदेशी मुद्रा सतही व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले भन्नुभयो,‘हामीले कानुनी रुपमा स्वीकृतिप्राप्त २५ हजारसम्म साट्न सक्ने व्यवस्थाको लागि आग्रह गरेका छौं ।’

भारत सरकारले ५ सय र एक हजारको भारुमाथि प्रतिबन्ध लगाए देखि भारतमा प्रतिबन्धित मुद्रा साट्ने बन्दोबस्त गरे पनि नेपालमा भएका भारुको व्यवस्थापन गर्न बारे कुनै निर्णय गरेको थिएन ।
भारतीय राष्ट्र बैंकका अधिकारीहरुले नेपाली नागरिकसँग भएको ४५ सयसम्मको भारु साट्ने सक्ने बन्दोबस्त गर्ने व्यवस्था गर्ने भएका छन् । तर हामीले त्यो कम भयो भनेका छौं ।’, नेपाल राष्ट्र बैंकका विदेशी मुद्रा सतही व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले भन्नुभयो,‘हामीले कानुनी रुपमा स्वीकृतिप्राप्त २५ हजारसम्म साट्न सक्ने व्यवस्थाको लागि आग्रह गरेका छौं ।’
नेराबैंकका अधिकारीहरुका अनुसार सो विषयमा कुराकानी गर्न भारतीय राष्ट्र बैंकबाट दुई जना प्रतिनिधिहरु नेपाल आएका थिए । दुई पक्षीय छलफल सोमबारसम्म चलेको थियो ।
नेराबैंकअनुसार नेपालका बैंक र वित्तीय संस्थाहरुले ७८ करोड ३० लाख बराबरको प्रतिबन्धित भारु छ । तर नेपाली नागरिकसँग कति भारु छ भन्ने विषयमा कति भारु छ भन्ने विषयमा न त नेपाल सरकारसँग न नेराबैंकसँग कुनै आधिकारिक तथ्यांक छ ।
भारतसँग व्यापारमा संलग्न नेपाली व्यापारी र भारतमा काम गर्न गएका नेपाली मजदुरहरुसँग धेरैमात्रामा भारु हुनुपर्ने बताइएको छ ।
तर नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष पशुपति मुरारले नेपाली व्यापारीसँग प्रतिबन्धित भारु नभएको दाबी गरेका छन् ।
‘भारुको अनिश्चिततासँगै नेपाली व्यापारीहरुले त्यो समस्या आफ्नै हिसाबबाट समाधान गरिसकेका छन् ।’, उनले भने ।
मुरारकाले नेराबैंकलाई प्रतिबन्धित भारुको अधिकतम मात्रामा साट्न सक्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।
स्रोतः सिन्ह्वा २०१७ मार्च २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *