अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
जनकपुरधाम, १६ जेठ । धामीझाँक्रीका काममा दख्खल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिको रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुईवर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखी वैशाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा नरबलिको रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको जनाइएको छ ।
बालकको हत्यापछि महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरूवासहितको खेतको झारीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए । बेलाबेलामा बालक समीरलाई झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । मृतक बालकका आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाई अपहरण गरी बन्धक बनाएको थियो ।
मृतकका हजुरबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्खास्त दिएको आधारमा महतोलाई आफ्नै घरमा फेला पारी कानुनबमोजिम पक्राउ गरिएको बताइएको छ ।
महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गञ्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
Leave a Reply