संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
सुष्मा बाटा
जहाज धेरै टाढा पुगिसक्यो,
छालहरूसँग प्रतिस्पर्धा गर्दागर्दै,
आँखाले भ्याउनै नसक्ने समुद्रको यथार्थमा,
हराउँदै गइसक्यो,
हो !
जहाज धेरै टाढा पुगिसक्यो ।
पुँजीवादको समुद्री लहरमा
आफै आफैमा खोक्रा प्रतिस्पर्धा
गर्दागर्दै,
मानव जातिमा मानवता हराइसक्यो,
खोजेर भेटाउन नसकिने गरी
टापुमा एक्लिएको यात्रीझैं,
बेचैनी, पीडा, एक्लोपन
आँखाबाट बिलाउँदै गएको जहाजसरि
सभ्य मानवको यथार्थबाट मानवता हराउँदै गइसक्यो,
हो !
मानवता हराउँदै गइसक्यो ।
त्यसैले,
आउ, अब…
टाढा पुगेको जहाजलाई झैँ
मानवतालाई नजिक ल्याउनु छ
हाँस्ने, खेल्ने सबै रमाउन,े
सुन्दर संसार कोर्नु छ ।
रातो रङले सजिएको
रातै झण्डा बोकेर
शान्तिको विगुल फुक्नु छ ।
शान्तिको विगुल फुक्नु छ ।
Leave a Reply