भर्खरै :

‘डिजिटल फोटोग्राफी’ सार्वजनिक

भक्तपुर, १८ जेठ । फोटोग्राफर शरद राईको पाँचौँ पुस्तक डिजिटल फोटोग्राफीको शनिबार विमोचन भएको छ । एड्भान्स फोटोग्राफी गु्रपको आयोजनामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पुस्तक विमोचन गर्नुभयो ।
अध्यक्ष ज्याख्वले फोटोग्राफीका माध्यमबाट सम्पदा, कला र संस्कृतिको अभिलेख राख्न सकिए भविष्यमा पुनः निर्माण कार्यमा कठिनाइ नदोहोरिने बताउनुभयो ।
धेरै फोटोग्राफरहरूले फोटोमार्फत भक्तपुरका समस्याहरूबारे नगरपालिकालाई घच्घच्याइरहँदा नगरपालिकालाई काम गर्न सजिलो भएको अनुभव व्यक्त गर्दै उहाँले फोटोग्राफरहरूले भक्तपुरमा लुकेको सम्पदाबारे उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापतिले फोटोग्राफीमार्फत भक्तपुरलाई संसारमा चिनाउनुपर्ने र भक्तपुरको जीवन्तता प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
‘डिजिटल फोटोग्राफीका लेखक तथा फोटो प्रशिक्षक शरद राईले आफू भक्तपुरलाई फोटोग्राफीको राजधानी बनाउन लागिरहेको उल्लेख गर्दै फोटोग्राफरलाई प्राविधिक क्षेत्रका साथै शैक्षिक क्षेत्रको रुपमा विकास गर्न आफू लागिपरेको बताउनुभयो ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष राजन लाखा, ख्वप्रिङ एकेडेमीका प्रिन्सिपल विनोद प्रजापति, किपाग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापति र फोटोग्राफर सुरेशराज शाक्यले राईप्रति शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि रवीन्द्र ज्याख्व र बलराम प्रजापतिले एड्भान्स फोटोग्राफी तालिमको प्रथम ब्याचका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
फोटोग्राफी तालिमका संयोजक सम्झना थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मीश्वरी दुवाल, नेहा सितिखू, उज्ज्वलचन्द्र बुद्धाचार्य, जीवन सुजखू र अनुज प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *