जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
धनबहादुर भण्डारी
डडेल्धुरा, १८ जेठ । पुख्यौली पेसामा आत्मनिर्भर रहेका दलित समुदायका मानिस सङ्कटमा परेका छन् । पुस्तौँदेखि परम्परागत पेशामा आत्मनिर्भर रहेको सो समुदायका मानिस पछिल्लो समयमा कच्चा पदार्थ नपाउँदा सङ्कटमा परेका हुन् ।
बढ्दो महङ्गी र परम्परागत वस्तुको ठाउँमा आधुनिक सामग्री प्रयोग गर्नाले दलित समुदायका मानिस पेसासँगै आफूहरू पनि सङ्कटमा परेको बताउँछन् । पार्की कामी, कैनी जातिका मानिसले पूर्खादेखि निर्माण गर्दै आएका बाँस निगाला सामग्री पछिल्लो समयमा आएर पाउन छोडेको छ भने ताम्राकार, शिल्पकार, कुमाल जातिका मानिसले निर्माण गर्ने तामाका सामग्री महङ्गो कच्चा पदार्थ र श्रमअनुसारको पैसा नपाउँदा सङ्कटमा परेको बताउँछन् ।
बाँस, निगाला तथा तामा पित्तलका सामग्रीको विकल्पमा प्लास्टिक र अन्य वस्तु प्रयोग हुन थालेपछि ताउला, फोला, कराही मग, प्लेट प्रयोग भइरहेका छन् । सर्वसाधारण तथा अन्यले तामा, पित्तलका सामग्रीको ठाउँमा सस्तो फलाम, सिल्भर र प्लास्टिकले बनेका सामग्री प्रयोग गर्न थालेपछि दलितको पेसामा सङ्कट लागेको बताउँछन् ।
जङ्गलमा बाँस निगाला पाउन छोडेपछि उनीहरूले पुस्तौंदेखि बनाउँदै आएका बाँस, निगालाका सामग्री बनाउने पेशा सङ्कटमा परेको र घरपरिवारको गुजारा चलाउन पनि धौधौ परेको अमरगढी–६ का राम ताम्राकारको भनाइ छ । कच्चा पदार्थको अभावमा डडेल्धुराका दलित समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेको हो ।
बाँस निगालाबाट पार्की, कैनी जातका दलित समुदायका मानिस डोका, डालो, सुप्पो, चाल्नो, भकारीलगायत घरायसी प्रयोजनका सामग्री निर्माण गरी बेचेर गुजारा चलाउने गर्दथे । निगालो तथा बाँस सहज रुपमा पाइन छोडेको छ । डडेल्धुरा तिलाडीका ६० घरपरिवार समैजी मुद्राडका २० घरपरिवार अमरगढी–८ खन्पडाका २७ परिवार जस्तै जिल्लाभरका पुख्र्यौली पेशामा निर्भर दलित समुदायका मानिस सङ्कटमा परेका छन् । बाँस, निगालोसँगै तामा, पित्तलका सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थका अभाव र महङ्गीका कारणले सामग्री उत्पादन गर्न असहज भएको अजमेरु–१ समैजीका जीतबहादुर पार्कीले बताउनुभयो ।
केही वर्ष आगाडिसम्म तराईमा डोका, छाप्रा, भकारी, कोक्रा बिक्री गरेर अन्न र पैसा आम्दानी गरी फर्केने गरेको स्मरण गर्दै जीत पार्कीले भन्नुभयो, “आधुनिकीकरणले धेरैलाई सहज त भयो होला तर हाम्रो पेसा भने लोप हुने अवस्थामा पुग्यो ।” गाउँ नजिकै सामग्री निर्माणका लागि पाइने कच्चा पदार्थ उपलब्ध नहुने र टाढाबाट ल्याउँदा महङ्गो पर्न जाने भएकाले धेरैले पेसा नै छाड्न विवश भएको उहाँले सुनाउनुभयो ।
वन अतिक्रमणसँगै जलवायु परिर्वतनका कारण बाँस र निगालो पाउन छोडेको छ । उनीहरूले निर्माण गरेका डोकोलाई रु. ५०० देखि ७०० सम्म बेच्ने गर्छन् भने डालो तथा भकारी, माना, नाङ्गोलाई पनि रु. ४०० बाट तीन हजार तीन हजार ५०० सम्ममा बेच्ने गरेको अमरगढी–८ खन्मडाका मानबहादुर पार्कीले बताउनुभयो । अन्य बाँसका सामग्री हेरेर मूल्य निर्धारण हुने गर्दछ
Leave a Reply