भर्खरै :

ट्रम्प बेलायतमा, जनताको व्यापक विरोध

लन्डन, ३ जून । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार तीनदिने भ्रमणको लागि बेलायतको राजधानी पुग्नुभएको छ । तर, बेलायती जनताले ट्रम्पलाई विरोध प्रदर्शनमार्फत स्वागत गर्ने तयारी गरिरहेका छन् ।
भ्रमणको क्रममा ट्रम्प आफ्नी श्रीमती मेलिना ट्रम्पसँग स्टानस्टेड विमानस्थलमा पुग्नुभएको थियो । बेलायतमा उहाँले प्रधानमन्त्री थेरेसा मेलाई भेट्नुहुने कार्यक्रम रहेको बताइएको छ । साथै बेलायत बसाइको क्रममा दोस्रो विश्वयुद्धमा भएको डी–डेको स्मृति कार्यक्रममा पनि सहभागी बन्ने अपेक्षा गरिएको छ ।
सोमबार ट्रम्प वेस्टमिनिस्टर अबेको भ्रमण गर्नुका साथै राजकुमार चाल्र्ससँग भेट्नुभयो । सोमबार नै साँझ बकिमहम राजदरबारमा आयोजना गरिने रात्रीभोजमा सहभागी बन्नुभयो । बेलायतका विभिन्न सहरमा ट्रम्पको विरोधमा विरोध प्रदर्शन आयोजना गरिएको छ । लन्डन, म्यानचेस्टर, बेलफास्ट र बिर्मिघाम सहरमा विरोध प्रदर्शन आयोजना गरियो ।
प्रदर्शनीमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले बोल्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । गएको साल ट्रम्पले बेलायत भ्रमण गर्दा पनि व्यापक विरोध प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *