अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दार्चुला, २१ जेठ । यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती सुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय सुरु भएकोले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको हो ।
यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका गेमस्काटउको गस्ती पठाएको जनाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र यार्सागुम्बा बढी पाइने स्थान छ ।
यार्सा पाटनमा हुने तस्करी रोक्नका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको उक्त संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो ।
अपि हिमाल गाउँपालिकाको वडा नं १ लोलु रोखापु, क्षेत्रमा सशस्त्र प्रहरी र गेमस्काउटको गस्ती गएको छ । यस्तै वडा नं ३ को क्षत्तिधरमघर काटै, सुर्मा क्षेत्रमा नेपाल प्रहरी र गेमस्काउट पठाइएको छ । वडा नं ६ को चाइमटेला क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ ।
व्यास गाउँपालिकाको वडा नं १ को अपिनाम्पा फेद, वडा नं २ को दुधिवनलगायत यार्सा पाइने पाटनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पठाइएको छ । यार्सा पाइने क्षेत्रमा सम्भावित दुर्घटना हुन नदिन तथा चोरी तस्करी नियन्त्रणका लागि भन्दै गस्ती खटाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो । सशस्त्र प्रहरीबाट २१ जनाको टोली अपि हिमाल र २१ जनाको टोली व्यास गाउँपालिकामा परिचालन गरिएको छ । सशस्त्र प्रहरी १५ दिनका लागि यार्सा पाटनको गस्तीमा हिँडेको उहाँले बताउनुभयो ।
यस्तै नेपाल प्रहरी १० दिनका लागि २३ प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । विगत वर्षमा पाटन खुल्नुअगावै तस्करले यार्सागुम्बाको चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न गस्ती पठाइएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यो वर्ष अझै यार्सा पाइने पाटनमा भने हिउँ यथावत रहेको सङ्कलकले बताएका छन् । यो वर्ष पनि सङ्कलकले यार्सागुम्बा सङ्कलन अनुमति नलिकनै लेकतिर प्रवेश गरेको बताइएको छ ।
जिल्लामा हरेक वर्ष दसौँ हजार सङ्कलकहरू यार्सागुम्बा पाइने पाटनमा पुग्ने गरेका छन् । यहाँका बासिन्दाको मुख्य आयको स्रोत यार्सागुम्बा हो । यार्सागुम्बा सङ्कलनका लागि अहिले ग्रामीण बस्ती रित्याएर सङ्कलक पाटन पुगेका छन् । पाटनमा स्थानीय सङ्कलकको भरिभराउ छ भने बस्ती रित्तिएका छन् ।
अपि हिमाल गाउँपालिकाका २१ तथा व्यास गाउँपलिकाका आठ विद्यालय यार्सागुम्बाको लागि बन्द भएका छन् ।
Leave a Reply