ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
काठमाडौँ, २२ जेठ । पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई ११७ रनले पराजित गर्दै नेपाल आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनलमा आर्मीले बुधबार बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन ग¥यो ।
पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ९ रन जोडेको थियो । आर्मीका कप्तान विनोद भन्डारीले सर्वाधिक ७६ रन बनाए । विकेटकिपर राजु रिजालले ५१ रन जोडे । प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १९२ रनमात्र जोड्न सक्यो ।
आर्मीका बलर साहब आलमले तीन र करन केसीले दुई विकेट लिए । रोहित पौडेल, कुशल मल्ल र सुसन भारीले एक एक विकेट हात पारे । प्रदेश ३ का लागि इसान पान्डेले सर्वाधिक ७९ रन बनाए । अन्य ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन् ।
रित गौतम ५, पारस १९, ज्ञानेन्द्र मल्ल २६, अदिल खान १५ र रविन जोशी ८ रनमा आउट भए । आर्मीले एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग फाइनलमा खेल्ने छ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
राष्ट्रिय टोलीका कप्तान र उपकप्तान दुवै भएको प्रदेश ३ विरुद्ध आर्मी कुनै पनि समय दबाबमा देखिएन । पहिलो विकेट २३ रन जोड्दा गुमाएको आर्मीले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी ग¥यो । विनोद भन्डारी र कुशल मल्लले सातौँ विकेटका लागि अविजित ६३ रनको साझेदारी ग¥यो । आर्मीका हरि चौहानले ३८, रोहित पौडेलले ४३, राजेश पुलामी मगरले २९, करन केसीले २१ र कुशल मल्लले २६ रन बनाए ।
विशाल लक्ष्य पाएको प्रदेश ३ को सुरुवात राम्रो रहन सकेन । १४ रन जोड्दा दुवै ओपनरलाई गुमाएको प्रदेश ३ ले ४८ रन जोड्दा कप्तान पारसलाई गुमाएको थियो । टोलीले ८५ रन जोड्दा चौथो विकेटका रुपमा ज्ञानेन्द्र पनि आउट भएका थिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका इशान पान्डेले नवौँ विकेटका रुपमा आउट हुनुअघि एक सय १७ बलमा चार छक्का र तीन चौका हिर्काए ।
आर्मीका बलर सुसन भारीले १० ओभरमा २७ रन खर्चिए । साहब आलमले पनि १० ओभरममा २७ रन दिए एक मेडन फ्याँक्दै ।
Leave a Reply