भर्खरै :

चीनले बाँड्यो फाइभजीको लाइसेन्स

पेइचिङ, ६ जून । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार व्यापारिक प्रयोगका लागि फाइभजीको लाइसेन्स प्रदान गरेको छ । चीनको दूरसञ्चार उद्योगमा यो नयाँ युगको थालनी मानिएको छ ।
पहिलो चरणमा चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम र चाइना ब्रोडकास्टिङ नेटवर्कलाई फात्जीको लाइसेन्स प्रदान गरिएको हो ।
फाइभजी प्रविधिले सूचना पूर्वाधारमा अझ उच्च गतिवान, गतिशील, सुरक्षित र विस्तारित नयाँ पुस्ताको प्रविधि भित्र्याउने सूचना प्रविधि मन्त्रालयका मन्त्री मिआओ वेईले लाइसेन्स वितरण कार्यक्रममा भन्नुभयो ।
फाइभजी प्रविधिले चीनको डिजिटल अर्थतन्त्रको विस्तारमा नयाँ नयाँ अवसर भित्र्याउने अपेक्षा गरिएको र यसले धेरै उद्योगमा विद्युतीय रूपान्तरण ल्याउने उहाँले बताउनुभयो । साथै औद्योगिक इन्टरनेट र सवारी साधनमा प्रयोग हुने इन्टरनेटलगायतका क्षेत्रमा प्रभाव पार्ने बताइएको छ ।
फाइभजी प्रविधिले चीनलाई १०.६ त्रिलियन युआन (झण्डै १.५४ त्रिलियन अमेरिकी डलर) बराबरको आर्थिक फाइदा हुने र सन् २०२० देखि २०२५ सम्ममा ३० लाख जनाले रोजगारी पाउने चिनियाँ सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानले जनाएको छ ।
चीनले फात्जी नेटवर्कको विकास, प्रयोग र प्रवद्र्धनको लागि चीनभित्र र बाहिरका सबै सम्बन्धित क्षेत्रलाई सहभागिताको लागि आह्वान गर्दै आएको चीनको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *