भर्खरै :

‘सम्झनामा गोविन्द भट्ट’ स्मृतिग्रन्थ लोकार्पण

काठमाडौँ, २९ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रज्ञाभवन, काठमाडौँमा बुधबार ‘सम्झनामा गोविन्द भट्ट’ स्मृतिग्रन्थ लोकार्पण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले आफू युवा कालमा गोविन्द भट्टका समालोचनाबाट प्रभावित भएको बताउनुभयो ।
गोविन्द भट्ट, गोविन्दप्रसाद लोहनी र बल्लभमणि दाहालका समालोचनाहरूले नेपाली प्रगतिशील साहित्यलाई दिशाबोध गरेको उल्लेख गर्दै अध्यक्ष रोहितले अहिले समालोचना साहित्यको कमी भएको बताउनुभयो ।
देश निर्माणमा कुनै नेता विशेषको मात्र होइन हजारौँ हजार लेखक बुद्धिजीवीहरूको योगदान हुने चर्चा गर्दै अध्यक्ष रोहितले कम्युनिस्ट भन्नेहरू नै संसदीय भासमा फसेको बताउनुभयो ।
नयाँ जनवादी व्यवस्थामा उत्पादनका मुख्य–मुख्य साधनहरू सामाजिकीकरण हुने बताउँदै अध्यक्ष रोहितले आन्दोलनपछिका सरकारहरूले पुँजीपति वर्गको हितमा मात्र कानुन बनाएको स्पष्ट पार्नुभयो ।
चुनाव जित्नको लागि सिद्धान्तलाई तिलाञ्जली दिएर समाजवाद आउँछ र जेलमा राख्नुपर्ने अपराधीलाई पार्टी केन्द्रीय समितिमा राखेर क्रान्ति हुन्छ भन्नु समाजवाद होइन भन्दै अध्यक्ष रोहितले समाजवादको नाममा सिद्धान्तबाट च्यूत र जनतालाई धोका दिनु हो भन्नुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गोविन्द भट्टको विचार संयमित, सन्तुलित र दृढ रहेको बताउनुभयो ।
प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीले लेखक जहिलेसुकै सत्ताको विरोधी हुन्छ भन्ने खोटो विचारको भट्टले खण्डन गरेको स्मरण गर्नुभयो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको सभापतित्वमा भएको कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. चैतन्य मिश्र, हुमाकुमारी पाण्डे, विष्णु प्रभात, बासुदेव अधिकारी, लुना भट्ट, मोहनप्रसाद आचार्य, विजय भट्ट र गोपालकुमार मैनालीले पनि माक्र्सवादी चिन्तक गोविन्द भट्टबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *