भर्खरै :

विकास निर्माण जिम्मेवारी स्थानीय तहको

भक्तपुर, २९ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा वडा नं. २ एकाइ समितिको आयोजनामा बुधबार किसान भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले संसद् सदस्यको काम विकास निर्माण नभई देशको लागि आवश्यक नीति–नियम बनाउने हो भन्नुभयो ।
विकास निर्माणको सम्पूर्ण काम स्थानीय निकायलाई दिनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले वर्तमान सरकार जनताको हितमा भन्दा केही सीमित व्यक्तिलाई धनी बनाउनतिर लागिपरेको बताउनुभयो ।
सचिव सुवालले पर्व–संस्कृति चलाउने र मठ–मन्दिर संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दनिुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले सङ्गठित एकता नभएको स्थानमा सरकारले किसानहरूलाई दबाउने बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले वर्तमान बजेट बहुमत जनताको पक्षमा नरहेको र बजेटले उत्पादन बढाउने नभई आयात बढाउने लक्ष्य लिएको बताउनुभयो ।
रत्नलाल कैटीको सभापतित्वमा भएको कार्यक्रममा नेक्राकिसङ्घ भनसका अध्यक्ष गङ्गाराम ज्याख्व, वडा अध्यक्ष हरिप्रसाद बासुकला र लक्ष्मीनारायण सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *