मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बुधबार एक कार्यक्रमबीच भक्तपुर नपा वडा नं ४ बोलाछेँको लाबुछेँस्थित हाडाछेँ भवनको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर अथाह सम्पदाको भण्डार भएको र यहाँको कला र संस्कृति अवलोकनका साथै मौलिक प्रविधि र परम्परागत शैलीमा निर्मित भवन, पाटी पौवा हेर्न बर्सेनि हजारौँ पर्यटक भित्रिने हुनाले तिनको पुनःनिर्माण र जीर्णोद्धार नगरपालिकाले गर्दै आएको बताउनुभयो ।
उहाँले सम्पदा निर्माणमा मौलिक तथा परम्परागत सामग्री प्रयोगमा जोड दिनुपर्ने र उक्त भवन निर्माण भइसकेपछि आदर निकेतन सञ्चालनका लागि उपयोग गरिने बताउनुभयो ।
स्थानीय सामाजिक कार्यकर्ता उपेन्द्र सुवालले हाडाछेँ वास्तुकलाको उत्तम नमुनाको भवन भएको धारणा राख्दै भनपा ४ मा रहेका विभिन्न मौलिक सांस्कृतिक सम्पदाहरूबारे जानकारी गराउँदै तिनको संरक्षण संवद्र्धन गर्न सकिए पर्यटन तथा आर्थिक स्रोतको ठूलो सम्भावना रहेको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं ४ का वडाध्यक्ष कुमार चवालले कलात्मक बुट्टेदार झ्याल ढोकासहितको हाडाछें २० वर्ष पहिले भनपाले किनेको बताउँदै सम्पदा पुनः निर्माणमा उपभोक्ता समितिमार्फत हुँदा कम लागतमै राम्रो काम हुने जानकारी गराउनुभयो ।
हाडाछेँ भग्नावशेष व्यवस्थापन तथा पुनः निर्माण उपभोक्ता समिति संयोजक पृथ्वीकुमार प्रजापतिको सभापतित्वमा भएको सो शिलान्यास कार्यक्रममा कृष्णगोविन्द दुवाल, नगर कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, वडा सदस्य राजेन्द्र माकलगायतले हाडाछेँको महत्वबारे बोल्नुभयो ।
Leave a Reply