पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
संरा संघका लागि संरा अमेरिकी राजदुत निक्की हालेले राष्ट्रपति डोनाल्ड ट्रम्प सरकार इजरायलसँगको शान्ति वार्तामा प्यालेस्टाइन सरकारले सहकार्य नगरुञ्जेलसम्म कोही पनि प्यालेस्टाइनीलाई संरा संघको कुनै पनि उच्च पदको जिम्मेवारी दिन नचाहेको बताएकी छिन् । अमेरिका–इजरायल सार्वजनिक मामिला समितिको वार्षिक नीति सम्मेलनमा बोल्दै उनले गएको सोमबार त्यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।
वाशिङ्टनले हालै सन् २००७ देखि २०१३ सम्म प्यालेस्टाइनी सरकारको नेतृत्व गरेका सलाम फायदलाई लिवियाको लागि संरा संघको मिसनमा सामेल बन्न रोकेको थियो ।
हालेले संरा संघ प्यालेस्टाइनप्रति लचक भएको आरोप समेत लगाइन् ।
वाशिङ्टनले हालै सन् २००७ देखि २०१३ सम्म प्यालेस्टाइनी सरकारको नेतृत्व गरेका सलाम फायदलाई लिवियाको लागि संरा संघको मिसनमा सामेल बन्न रोकेको थियो ।
अमेरिकी राजदुतले लिवियाको लागि राष्ट्र संघीय मिसनको विशेष प्रतिनिधिमा प्यालेस्टाइनी फायदलाई मनोनय गरेको पनि असन्तुष्टि पोखिन् । उनले यो मनोनयनलाई राष्ट्र संघीय उच्च पदमा संरा अमेरिकाविरोधीहरुको प्रभुत्वको रुपमा लिएकी छिन् ।
‘राष्ट्र संघले जब प्यालेस्टाइनी नागरिकलाई उच्च पदमा राख्ने निर्णय ग¥यो, हामीले अस्वीकार ग¥यौं र उनलाई निकाल्न आग्रह ग¥यौं । त्यसको अर्थ उनी राम्रा मान्छे होइन भन्न खोजेको होइन । उनी अमेरिकाप्रति नराम्रो भन्न खोजिएको पनि होइन ।’
‘जबसम्म प्यालेस्टाइनीहरु टेबुलमा आउँदैन, जबसम्म उनीहरुबाट हामीले जस्तो व्यवहारको अपेक्षा गरेका थियौं, त्यसो नगर्दा सम्म उनीहरुलाई उच्च पदमा लानमा असहमत हुनेछौं ।’
Leave a Reply