भर्खरै :

कोकाकोलामा मानव बिस्टा

उत्तरी आयरल्याण्डको एक कारखानामा मंगलबार स्थानीय प्रहरीले अनुगमन गर्दा कोकाकोलामा मानव विस्टा फेला परेको प्रहरी स्रोतले बताएको छ । उत्तरी आयरल्याण्ड प्रहरी सेवाले लिसबर्नस्थित हेलेनिक बोटलिङ कम्पनीको कारखानामा तयार गरिएको क्यानहरुमा कसरी मानव विस्टा प¥यो भन्ने विषयमा अनुसन्धान शुरु गरेको बताएको छ ।
मेसिनहरु सफा गर्न कोकाकोला उत्पादनको रात्रीकालीन उत्पादन बन्द गरिएको छ ।
‘कारखानाबाट उत्पादित क्यानहरु प्रदुषित भएको भनेर स्थानीय गरेको उजुरीको आधारमा अनुसन्धान गर्दा सत्य तथ्य बाहिर आएको हो’, उत्तरी आयरल्याण्ड प्रहरीले बताएको छ ।
कोकाकोलाका खाली क्यानहरु हरेक दिन बिर्को नलागी उत्तरी आयरल्याण्डभरिबाट त्यहाँ आउने गर्दछ, त्यसकारण कहींबाट त्यसरी मिसिएर आएको हुनसक्ने भनी कोकाकोला कम्पनीले स्पष्टिकरण दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *