वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
काठमाडौँ, ३० जेठ । “कैलाली र कञ्चनपुरका हावाहुरी पीडितहरूको पुनःस्थापना गर्नु आवश्यक छ । भूकम्पपछिको पुनःनिर्माणमा एनजीओहरूको खर्च पारदर्शी नभएको सुनिन्छ । ती एनजीओहरू कुन–कुन हुन् सरकारले संसद्लाई जानकारी गराउनु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विशेष समयमा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
उहाँले हुम्लाको घरेलु तान हराउँदै गएको र त्यहाँको मौलिक उत्पादन बख्खु र कोट बनाउनेहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले थप्नुभयो, “कालो धन सहकारी संस्थामा जम्मा गरिएको सुनिन्छ । यसको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नु आवश्यक छ ।”
केही दिनअगाडि प्रधानमन्त्रीलाई दुई अर्बभन्दा बढी रकम भ्रष्टाचारमा अख्तियारबाट छानबिन भइरहेका भरत पहारीको होटल उद्घाटनको लागि लग्ने व्यक्तिहरूबारे संसद्लाई जानकारी गराउनुपर्ने उल्लेख गर्दै सांसद सुवालले गुठी बन्दोबस्तमा सामन्तवाद अन्त्य हुनुपर्ने र गुठी जग्गा जोत्ने मोही किसानले पाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शैक्षिक नारा अनिवार्य, निःशुल्क र वैज्ञानिक शिक्षा राख्नुपर्ने
विनियोजन विधेयक २०७६ को शिक्षा मन्त्रालयको बजेट कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले सरकारको शैक्षिक नारा ‘अनिवार्य, निःशुल्क र वैज्ञानिक शिक्षा’ हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सङ्घीयता कार्यान्वयन गर्न गाउँपालिका र नगरपालिकालाई प्रशासनिक र आर्थिक स्वायत्तता दिनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले भक्तपुरको खानेपानी प्रशोधन र भण्डारण राणाकालीन भएकोलाई आधुनिकीकरण गर्नुपर्ने र नगरकोटको खानेपानी मुहानको रूपमा रहेको जङ्गलमा पानी दिने जातको वृक्षरोपण गरी संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply