नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
लन्डन, १३ जून । चिनियाँ लेखक तथा नोबेल पुरस्कार विजेता मो यानलाई चिनियाँ र विश्व साहित्यमा पु¥याएको योगदान वापन अक्सफोर्ट विश्वविद्यालयको रेगेन्टस पार्क कलेजले अनरेरी फेलोसीपले सम्मान गरेको छ ।
कलेजका प्रिन्सिपल रोबट्र्स इलिसले मोलाई गाउन र टोपी प्रदान गरी सो सम्मान गर्नुभएको थियो । मो र प्रिन्सिपल दुवैले संयुक्त रूपमा मोको नाममा राखिएको अन्तर्राष्ट्रिय लेखन केन्द्रको उद्घाटन गर्नुभयो ।
चीनका समकालीन दुईजना लेखकहरू सु तोङ र यु ह्वालाई सो अन्तर्राष्ट्रिय लेखन केन्द्रमा आवासीय लेखकको रुपमा आमन्त्रण गरिएको छ ।
कल्पनाशील र मानवतावादी आख्यानको लागि लोकप्रिय बनेका मोले सन् २०१२ को साहित्यतर्फको नोबेल पुरस्कार पाउनुभएको थियो । उहाँ हाल बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक पनि हुुनुहुन्छ ।
उहाँले आफ्नो सम्मानको लागि अक्सफोर्ड कलेजप्रति आभार व्यक्त गर्दै आफ्नो बाल्यकालदेखिको साहित्यप्रतिको प्रेमबारे चर्चा गर्नुभयो । उहाँले सहभागी स्रोताहरूलाई आफू बेलायती साहित्यकार विलियम शेक्सपियरका रचनाबाट निकै प्रभावित भएको र आगामी वर्षमा नाटक लेखनमा ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
मोले अन्तर्राष्ट्रिय लेखन केन्द्रले चीन र बेलायतबीचको साहित्यिक सहकार्य र प्रतिभा आदानप्रदानलाई थप टेवा दिने विश्वास व्यक्त गर्नुभयो । कलेजका प्रिन्सिपल इलिसले बेइजिङ नर्मन विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयबीच सम्बन्ध प्रगाढ बन्दै गएको अवस्थामा सो विश्वविद्यालयमा आबद्ध प्राध्यापक एवं साहित्यकार मो यानका उपलब्धिबारे गर्नुपर्ने काम यही भएको धारणा राख्नुभयो ।
Leave a Reply