भर्खरै :

राष्ट्रपति सी चिनफिङ प्रजग कोरियाको राजकीय भ्रमण गर्दै

पेइचिङ, १७ जून । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ आगामी जून २० मा प्रजग कोरियाको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रजग कोरियाको कोरियाली मजदुर पार्टीका अध्यक्ष तथा राज्य मामिला आयोगका अध्यक्ष किम जङ उनको आमन्त्रणमा सी दुई दिनको लागि त्यहाँ जान लाग्नुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाओमिङले सोमबार सीको भ्रमणबारे सार्वजनिक गर्नुभएको हो ।
चीनका राष्ट्रप्रमुख र चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेताले बितेका १४ वर्षमा प्रजग कोरियाको भ्रमण गर्न लागेको यो पहिलोपटक हो । सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनबाट पार्टीको महासचिव पदमा निर्वाचित भएपछि प्रजग कोरियाको सीले पहिलोपटक भ्रमण गर्न लाग्नुभएको हो । चिकपा केन्द्रीय समितिको विदेश विभागका प्रमुख सोङ ताओले सीको आगामी भ्रमणबारे आयोजित पत्रकार भेटघाटमा बताउनुभयो ।
चीन र प्रजग कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ७० औँ वर्ष पुगेको अवसरमा हुन लागेको सीको सो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ सफलतातर्फको बाटोमा दोहो¥याउन महत्वपूर्ण हुने सोङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *