भर्खरै :

इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

बिहार, २ असार (एएनआई) । भारतको विहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ बालबालिकाको मृत्यु भएको छ ।
इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रूपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसक्नुभएको छ । मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरूलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गर्नुभएको छ ।
इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघातसमेत हुने गर्दछ । गत साता विहारका स्वास्थ्यमन्त्री मङ्गल पाण्डेले विज्ञहरूको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरूको पहिचान गरेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *