मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
मेक्सिको, ३ असार (एएफपी) । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रूपमा रहेको पाइएको छ । नयाँ वामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौती पत्रकारहरूले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ ।
यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्बन्धमा आमूलपरिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा उहाँले कार्यभार सम्हाल्नुभएको थियो । उहाँका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिल्यै पनि पत्रकारको प्रश्नको जवाफ दिनुहुँदैनथ्यो । तर, ६५ वर्षीय लोपेजले हरेक हप्ताको अन्तिम दिन बिहान ७ बजे पत्रकार सम्मेलन आयोजना गर्ने गर्नुभएको छ ।
तर, पनि पत्रकार सम्मेलनमा पनि पत्रकारका प्रश्नको जवाफ भने नदिने गर्नुभएको पत्रकारको गुनासो छ । यति मात्र नभएर उहाँले पत्रकारलाई अपमान गर्ने गर्नुभएको गुनासो पनि पत्रकारको छ । उनीहरूका अनुसार देशका राष्ट्रपतिको पत्रकारलाई गर्ने गरिएको यो अपमान पनि प्रेसमाथिको हिंसाका लागि प्रेरक बनेको छ । !
उहाँ पत्रकारप्रति निरङकुश बन्दै जानुभएको र पत्रकारलाई निगरानीमा राख्ने, आलोचना गरेमा त्यस सञ्चारमाध्यमलाई तारो बनाउने जस्ता काम पनि उहाँबाट भएका प्रेस जगतको भनाइ छ ।
यसका साथै उहाँले देशको एक लोकप्रिय पत्रिका “रेफोर्मा” विरुद्ध पनि पटक÷पटक आक्रमण गर्दै आउनुभएको तथा पत्रकारलाई बारम्बार धम्की दिने गरेको बताइन्छ । मेक्सिको पत्रकारका लागि यसअघि पनि खतरापूर्ण रही आएको छ । सन् २००० देखि आजसम्म यहाँ १०० जनाभन्दा बढी पत्रकारको ज्यान गएको छ ।
Leave a Reply