तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, ४ असार । नेपाल मजदुर किसान पार्टी जुम्लाले ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकबारे अन्तरक्रिया एवम् छलफल कार्यक्रम सुरु गरेको छ ।
यसै क्रममा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले भेनेजुयलाको प्राकृतिक स्रोत कब्जा गर्ने एवम् समाजवादी पूर्वाधार ध्वस्त गर्ने बद्नियतसाथ संरा अमेरिकाले भेनेजुयलामाथि हस्तक्षेप गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वका समाजवादी देशहरू एक भई संरा अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्छ । भेनेजुयलामाथि संरा अमेरिकी हस्तक्षेप बन्द हुनुपर्छ । संरा अमेरिकी हस्तक्षेपको विरुद्ध भेनेजुयाली जनताले गरेको सङ्घर्षबाट नेपाली जनताले पाठ सिक्नु आवश्यक छ ।” नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले संरा अमेरिकी साम्राज्यवादको विरोध गर्दै नेमकिपाले विश्वका न्यायप्रेमी जनता र स्वतन्त्रताप्रेमी जनताको आवाज बुलन्द गर्ने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा राजेश्वर देवकोटा, दीर्घबहादुर शाही, बिर्खबहादुर रावत, गजेन्द्रबहादुर कार्की, यज्ञबहादुर बुढ्थापा, पूर्णलाल खत्री, भीम कसिङ्गर, गोर्खबहादुर बुढा, श्रीराम गिरी, कालीबहादुर शाही, रामबहादुर थापालगायतले भेनेजुयाली क्रान्ति, भेनेजुयाली जनताको पक्षमा आवाज उठाउनुपर्ने र नेकपाको जनविरोधी कार्यलाई जनतासामु उदाङ्ग्याउनु आवश्यक रहेको बताउनुभयो ।
Leave a Reply