कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
सञ्जीव दुलाल
भक्तपुर, ४ असार । चाँगुनारायण नगरपालिकामा स्वास्थ्य कर्मचारीको मनोमानी भएको सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार निगरानी समूहले चाँगुनारायण नगरपालिकामा आयोजना गरेको जनप्रतिनिधि र सरोकारवालाहरूबीच समन्वयात्मक बैठकमा उपस्थित सरोकारवालाहरूले स्वास्थ्यका कर्मचारीहरू पुरानै शैलीमा रहेको आरोप लगाएका हुन् ।
चाँगुनारायण नगरपालिका क्षेत्रको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा काम गर्दै आएको निगरानी समूहले नगरपालिकाभित्र अनुगमन गर्दा स्वास्थ्यका कर्मचारी ढिला आउने चाँडो भाग्ने गरेको खुल्न आएको हो । कार्यक्रममा ढिला आउने र चाँडो भाग्ने कर्मचारीलाई कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य वा कृषितर्फ नगरपालिकामा गरेको निगरानी एवम् समस्याहरूको विषयमा जानकारी गराएको थियो । नगरभित्र रहेका समस्याहरूलाई समाधानको लागि आफूहरूले निगरानी गरि आएको इन्सेकको निगरानी समूहले नगरभित्र रहेका विभिन्न समस्याहरूको विषयमा जानकारी गराएको थियो ।
कार्यक्रममा नगरपालिकाभित्रका कृषि, पशु, शिक्षा स्वास्थ्यलगायत विभिन्न निकायका प्रतिनिधिको उपस्थिति थियो ।
Leave a Reply