अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
धनगढी, ५ असार (रासस) ः वर्षे धान खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलाली र कञ्चनपुरका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारको अनुदानित मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित कार्यालयमा मल सकिएपछि अभाव भएको हो ।
मलको अभाव हुँदा समयमै धान रोपाइ गर्न नपाइने चिन्ता भएको स्थानीय किसान सेवक चौधरीले बताउनुहुन्छ । “धानबाली रोपेको दिन नै खेतमा डिएपी मल प्रयोग गर्नुपर्ने हुन्छ, मलको अभाव छ”, उहाँले भन्नुभयो । बर्सेनी खेती गर्ने समयमा सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको चरम अभाव हुने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले युरिया र डिएपी मल सकिएको बताउनुभयो ।
“केही दिनभित्र मल आउँदै छ”, उहाँले भन्नुभयो । ढुवानीकर्ताको लापरवाहीले मल समयमै आपूर्ति हुन नसक्दा अभाव भएको हो । अनुदानित मल बिक्रेता कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जेठयता डिएपी र युरिया मल मौज्दात शून्य रहेको बताउनुभयो । यी दुवै निकायले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिममा झण्डै १२ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।
Leave a Reply