नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
प्योङयाङ, जून २० : (सिन्ह्वा) । चीन र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्र प्रमुखहरूले उज्यालो भविष्य सिर्जना गर्नका लागि अन्तर पार्टी र अन्तर राज्य स्तरमा सँगसँगै काम गर्ने र दुईपक्षीय सम्बन्धलाई इतिहासको नयाँसुरूआत बिन्दुमा पु¥याउने सहमति गरेका छन् ।
प्रजग कोरियाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँराष्ट्रपति चिनियाँकम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङ र प्रजग कोरिया राष्ट्रिय मामिला आयोगका अध्यक्ष एवम् कोरियाली मजदुर पार्टीका अध्यक्ष किम जोङ उनबीच बिहीबार प्योङयाङमा दुईपक्षीय वार्ताको क्रममा सो सहमति भएको छ ।
“चीन र प्रजग कोरियाबीचको मित्रता दुवै पक्षले गरेको लामो अवधिदेखिको एउटा रणनीतिक छनोट हो र त्यसको समग्र उद्देश्य अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तनसँगै खुइलिएर जान सक्दैन ।” दुई देशबीचको मित्रताको इतिहास दुवै देशका जनताको भावना, दुवै देशको आधारभूत हित र समयको विकासको प्रवृत्ति भएको सिले भन्नुभयो ।
प्रजग कोरिया र कोरियाली मजदुर पार्टीसित सम्बन्ध मजबुत बनाउने चिकपा र चिनियाँसरकारको पहिलदेखिकै नीति रहेको पनि नेता सिले जोड दिनुभयो ।
चिनियाँराष्ट्रपति सि प्रजग कोरियाको दुईदिने राजकीय भ्रमणको निम्ति बिहीबार नै प्योङयाङ पुग्नुभएको थियो ।
राष्ट्रपति सिलाई प्योङयाङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय मामिला आयोगका अध्यक्ष किम जोङ उन, प्रथम महिला आयोगका अध्यक्ष किम जोङ उन र प्रथम महिला रि सालेजूलगायत प्रजग कोरियाका सरकारी अधिकारी, कोरियाली जनसेनाको कम्पनी र दसौँहजार जनताले भव्य स्वागत गरेका थिए । कोरियाली जनसेनाले राष्ट्रपति सिलाई चिनियाँराष्ट्रिय गानको धूनमा २१ तोप पड्काएर सलामी अर्पण गरेका थिए ।
राष्ट्रपति सिसँगै उहाँकी श्रीमती पेङ लियुआन र चिनियाँसरकारी अधिकारी र व्यापार क्षेत्रका प्रतिनिधिहरू संलग्न हुनुहुन्छ । चिनियाँराष्ट्रपति सि र चिनियाँपाहुनाहरूको स्वागतमा प्रजग कोरियाको राजधानी प्योङयाङलाई चिनियाँभाषामा स्वागत तुल, ताजा फूलबाट बनेका द्वारहरू, दुई देशका झण्डा र झिलिमिली बत्तीले सजाइएको छ ।
राष्ट्रपति सिको भ्रमणको दौरानमा दुई देशबीच कोरियाली प्रायःद्वीपको आणविक निःशस्त्रीकरण, दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्ध, व्यापार अभिवृद्धि, क्षेत्रीय शान्ति र स्थिरतालगायत विषयमा छलफल र सहमति हुने बताइएको छ ।
Leave a Reply