कला–संस्कृति भक्तपुरको परिचयमात्र होइन प्राण नै हो
- पुष २, २०८१
हेटौँडा, ५ असार । प्रदेश नं. ३ को प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व र व्ययको अनुमानमाथिको छलफल बिहीबार सुरू भयो ।
बजेटकेन्द्रित बैठकमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईले रोपाइँसुरू भइसक्दा पनि रासायनिक मलको हाहाकार हुनु सरकारको निम्ति शोभनीय नभएको बताउनुभयो ।
बहुसङ्ख्यक किसानहरूको पक्षमा दृढतापूर्वक उभिन छोडेर सत्ताको न्यानो गुम्ने डरमा सरकार केही किसानविरोधीहरूसामु झुकेकोमा उहाँले खेद व्यक्त गर्नुभयो ।
नयाँबजेटसँगै सरकारले जनतालाई महँगीको कोसेली दिएको चर्चा गर्दै सांसद गोसाईले भन्नुभयो, “समृद्ध नेपाल, दिगो विकासको नारा फलाक्ने सरकार यतिखेर हिलोमा पीच गर्दै छ, पहाडमा डोजर चलाउँदै छ र हावाले उडाउने पुल बनाउँदै छ । सरकारको समृद्धि यतिखेर तारे होटलमा सेमिनार, रिसोर्टमा गोष्ठी र रेष्टुराँमा अन्तरक्रिया तथा बैठक अवतरण भइरहेको छ ।”
सांसद गोसाईले राजनीतिक क्रान्ति सम्पन्न भई देश आर्थिक क्रान्तिको चरणमा प्रवेश गरेको शासक दलका नेताहरूको घोषणा झूटा भएको प्रस्ट पार्दै भन्नुभयो, “गाउँ–गाउँर नगर–नगरमा व्यङ्ग्यमिश्रित कहावत चल्दै छ – ‘मेयरको डोजर, वडाध्यक्षको ट्रिपर’, ‘ठेकेदार सांसद, सांसद ठेकेदार’, अनि ‘वाइड बडी मन्त्री, मन्त्रीको वाइड बडी’ ।”
‘समाजवादउन्मुख समृद्ध प्रदेश’ को नारा लगाइरहेको सरकारसमक्ष सांसद गोसाईले प्रश्न राख्नुभयो, “समाजवादउन्मुख प्रदेशमा जनताको घर–घरमा पानी पुग्छ कि पुग्दैन ! बिजुलीको सुविधा सबैले पाउँछन् कि पाउँदैनन् ? बालबालिकाको लागि बालोद्यान, विद्यार्थीहरूको लागि निःशुल्क शिक्षा, युवाको लागि रोजगार र ज्येष्ठ नागरिकको लागि आदर निकेतनको बन्दोबस्त गरिन्छ कि गरिन्न ? रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लाका बालबालिकाले काठमाडौँको जस्तो शिक्षा, स्वास्थ्य सुविधा पाउँछन् कि पाउँदैनन् ?”
प्रदेश विकासको महाअभियान थाल्ने सरकारको घोषणा सुनेर जनताले लज्जाबोध गरिहेको भन्दै उहाँले भन्नुभयो, “त्यो महाअभियान भ्रष्टाचारको महाजात्रामा नटुङ्गियोस् ।” बजेटमा समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने उल्लेख भएको प्रसङ्ग कोट्याउँदै प्रदेशसभा सदस्य गोसाईले भन्नुभयो, “के त्यसो भए भक्तपुरको ट्रलिबस पुनः सञ्चालन हुने भयो ? भक्तपुर इँटा टायल कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, हिमाल सिमेन्ट, बाँसबारी छाला जुत्ता कारखाना, हेटौँडा सिमेन्ट, हेटाँैडा कपडा, भृकुटी कागज आदि कारखाना के अब बिउँताउने निर्णय हुन्छ ? के वीर अस्पताल जिल्ला–जिल्लामा खुल्ने भयो ? यो प्रदेशमा कति वटा बुढानीलकण्ठ स्कूलहरू थपिँदै छन् ? ख्वप विश्वविद्यालयलाई स्वीकृति दिन घच्घच्याएर जनस्तरका शैक्षिक संस्थाहरू कहाँकतिवटा खुल्दै छन् ?
सांसद गोसाईले प्रस्ट पार्नुभयो, “प्रदेशको यो बजेटमा निरन्तरताबाहेक नयाँपन अरू छैन । उत्साह र आशा मार्ने खालको छ । नवीनताको अभाव नै यसको विशेषता हो ।”
बजेटमाथिको छलफल शुक्रबार पनि जारी हुनेछ । शुक्रबारै प्रदेश सरकारको विनियोजन विधेयक पेश हुने कार्यक्रम छ । प्रदेश सरकारको यो तेस्रो बजेट हो ।
Leave a Reply