भर्खरै :

मध्यपुरमा सभा

मध्यपुर, ६ असार । नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिले शुक्रबार नगदेशमा गुठी विधेयकबारे जनसभा राख्यो ।
उक्त जनसभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले मावन सभ्यताको विकाससँगै गुठी जग्गाको विकास भएको चर्चा गर्दै गुठी जग्गामा मोही हक कायम हुनुपर्छ भन्नुभयो ।
विधेयकमा उल्लेख बुँदाहरू कुन सही र कुन गलत नछुट्याइकन हल्लाको भरमा पछि लाग्न नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् आयोजक समितिका अध्यक्ष सूर्यराम श्रेष्ठले स्थापनाकालदेखि नै नेमकिपाले सामन्त र पुँजीपति वर्ग तथा साम्राज्यवाद र विस्तारवादको विरोध गरिरहेको बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका नारायणबहादुर दुवाल, मध्यपुर नगर समितिका उपाध्यक्ष प्रेमजन थापा, राजु कैती, रमेश वैद्य र आकाश बाडेले पनि गुठी विधेयक र सरकारको अन्योलबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *