ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, ५ असार । ख्वप इन्जिनियरिङ कलेजको आयोजनमा ग्रीष्मकालीन (समर) खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कसिमला पायँ खेलका रेफ्री विश्वनाथ प्रजापतिलाई कसिमला हस्तान्तर गरी गर्नुभयो । खेलकुद प्रतियोगितामा टेबल टेनिस, चेस र कसिमला पायँ गरी ३ खेल समावेश छन् ।
कार्यक्रममा कलेजका उपप्राचार्य रवीन्द्र फोजू, कसिमला पायँका निर्णायक विश्वनाथ प्रजापति, रजिम गणेशलगायतले पनि बोल्नुभएको थियो ।
कसिमला पाय खेलमा छात्रतर्फ क्रमशः इलेक्ट्रोनिस विभाग दोस्रो सेमेस्टरका फुर्पा शेर्पा प्रथम, Computer विभाग छैटौँ सेमेस्तरका मनिष खर्बुजा दोस्रो र इलेक्ट्रोनिस विभाग दोस्रो सेमेस्टरका उज्ज्वल ढकाल र सिभिल विभाग ७ औँ सेमेस्टरका किरण शिल्पकार संयुक्तरूपमा तेस्रो हुन सफल भएको छ । त्यस्तै कसिकला पाय खेलको छात्रातर्फ क्रमशः Computer विभाग ७ औँ सेमेस्टरका रोजिना लिगल प्रथम भएका छन् । इलेक्ट्रोनिस विभागका सम्झना कार्की दोस्रो र Computer विभाग ७ औँ सेमेस्टरका रविना त्वाती र इलेक्ट्रोनिस विभाग ७ औँ सेमेस्टरका स्वयता चौधरी सयुक्त तेस्रो भएका छन् । कसिमला खेलमा छात्रतर्फ २५ जना विद्यार्थी र छात्रातर्फ १२ जना विद्यार्थी सहभागी थिए ।
Leave a Reply