भर्खरै :

क्युवाद्वारा अमेरिकी झूट र षड्यन्त्रको खण्डन

हवाना, ७ असार (टेलिसुर) । संरा अमेरिकाले क्युवालाई मावन बेचविखन हुने देशको सूचीमा समावेश गरी झूटो प्रचार गरेको भन्दै त्यसको कडा शब्दमा खण्डन गरेको छ ।
क्युवाली विदेश मन्त्रालयले संरा अमेरिकी विदेश विभागले मानव बेचविखन हुने देशको सूची भनी प्रकाशित सूचीलाई झूट र षड्यन्त्र भनी निन्दा गरेको छ ।
क्युवामा मानव बेचविखनमात्र होइन मानवले मानवमाथि हुने कुनै पनि किसिमको शोषण र उत्पीडन गैरकानुनी छ र त्यस्तो अपराधमा संलग्न हुनेमाथि मृत्युदण्ड र आजीवन काराबासको कडा कानुनी कारबाही कार्यान्वयन भइरहेको छ ।
संरा अमेरिकी विदेश विभागले क्युवा, प्रजग कोरिया, साउदी अरेवियालगायत कयौँ देशहरूलाई समेत मानव बेचबिखन हुने राष्ट्र भनी सूचीकृत गर्दै क्युवा र साउदी अरेवियाले समेत मानव बेचविखन रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएको छ ।
क्युवाली राष्ट्रपति मिग्वेल डियाज क्यानेलले पनि ट्विट गर्दै अमेरिकी दावीको खण्डन गर्दै त्यसलाई संरा अमेरिकाको अझै बढी झूटको खेती र कुत्सित षड्यन्त्र भएको बताउनुभएको छ ।
संरा अमेरिकाले क्युवामा भौतिक, आर्थिक र नैतिक विध्वंस मच्चाउन लगाउने दुष्प्रयास गरिरहेको र आफ्ना कदम असफल भएपछि घृणित आरोप लगाएको उहाँले स्पष्ट पार्नुभएको छ ।
क्युवाली विदेश मन्त्रालयद्वारा जारी खण्डनमा संरा अमेरिकालाई आफ्नो मुहार ऐनामा राम्ररी हेर्न सुझाव दिइएको छ । संरा अमेरिकाका मियामी, शिकागो, हाउस्टन, डलास, लास भेगासलगायत बद्नाम सहरहरूमा कति मानव बेचविखन र वेश्यावृत्ति भइरहेका छन् त्यसबारे प्रतिवेदन तयार गरी सार्वजनिक गर्न चुनौती दिइएको छ ।
क्युवाले मानव बेचविखन रोकथाम, त्यसविरूद्ध कारबाही र पीडितहरूको पुनःस्थापनाजस्ता कार्यका लागि राष्ट्रिय कार्ययोजना निकै सफलतापूर्वक कार्यान्वयन गरी, क्षेत्रीय र अन्तर्राष्ट्रिय मानव तस्करहरूलाई कानुनी कारबाही गरी अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाइरहेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले समेत मानव बेचबिखन र तस्करी रोक्नमा क्युवाली सरकारको तदारूकता र सकारात्मक प्रयासका लागि पटक–पटक सम्मान गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *