फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
– रवीन्द्र काफ्ले
पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङ उनकै पूर्वप्रेमी भनिएका युवाबाट मारिइन् । हत्यामा संलग्न पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पात्लेभञ्ज्याङका पदम तामाङसँग उनको राम्रो सम्बन्ध थिएन । केही महिनादेखि मोबाइलमा कुराकानी गर्दै आएका यी दुईबीच सम्बन्धमा आएको दरारकै कारण गत वैशाख २९ गते शीतलको हत्या भयो ।
शीतलले अर्कै केटासँग कुराकानी गरेको पदमको आशङ्का थियो । यही कारण उनले झण्डै एक महिनाअघि शीतलसँग मोबाइल र सिमकार्ड साटेका थिए । मोबाइल र सिमकार्ड साटेपछि शीतलले अर्को व्यक्तिसँग कुराकानी गर्न नसक्ने तामाङको विश्वास थियो, तर उनीहरूबीच कुराकानी भइरहेको आशङ्काले पदमलाई छाडेन । आफ्नै सिमकार्डमा समेत अर्को व्यक्तिको फोन आएको आशङ्कामा उनले शीतलको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पदमले शीतलले आफूलाई माया नगरे वा अर्कै केटासँग कुराकानी गरे शीतलका अतिरिक्त उनका साथीलाई समेत मारिदिने धम्की दिएका थिए । जुन कुरा उनका साथीले अहिले बताइरहेका छन् तर यही कुरा उनीहरूले विगतमा बाहिर ल्याउन चाहेनन् ।
सम्बन्धमा दरार आएको बुझे पनि शीतलले पदमलाई एक्लै भेटिन् । उनले हत्या भएको दिनअघि चार पटकसम्म पदमलाई भेट्ने प्रयास गरेकी थिइन् । शीतललाई एक्लै भेट्ने पदमको प्रयास जुन दिन सार्थक भयो त्यही दिन घरमा कोही नभएको अवस्थामा शीतलको घाँटी रेटेर हत्या भयो । अनुसन्धानका क्रममा घटनास्थलमा पटक–पटक पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर भन्नुहुन्छ, “शीतलले न्यूनतम सावधानीसमेत अपनाएको देखिएन ।” बाबुआमाले धेरै दुःख गरेर शीतलका लागि अध्ययनको सहज वातावरण बनाइदिएका थिए तर उनको मोबाइल र सिमकार्ड साट्ने धोकोले ज्यान लग्यो । उनले आफन्त वा नजिकको साथीलाई पदम बसेको ठाउँ नजिकै पु¥याएको भए पनि हत्या गर्न सम्भव नरहेको स्थानीयवासीको भनाइ छ । “सावधानी अपनाएको भए उक्त घटना हुने थिएन”, घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो ।
गत मङ्गलबार इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भई एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारमा रहेको शाखामा कार्यरत २२ वर्षीया सुजाता तामाङको पाँचथरका हिलिहाङ गाउँपालिका–६ केराबारीको सिटे जङ्गलमा हत्या भयो । सुजाता बैठकमा गएको पत्ता लगाएका स्थानीय १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावतीले खुकुरी प्रहार गरी सुजाताको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो । यो घटनामा पनि सुजाताले न्यूनतम सुरक्षा संवेदनशीलतालाई ख्याल नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनलाई जङ्गलको बाटो हिँड्नबाट स्थानीयवासीले समेत रोक्न सक्दथे, सुजाताले अर्को बाटो प्रयोग गर्नसक्थिन् । तर, कसैले पनि सुरक्षा खतराबारे ध्यान नदिँदा अनाहकमा उनले ज्यान गुमाउनुप¥यो ।
पछिल्लोपटक जिल्लामा आपराधिक घटना ह्वात्तै बढेपछि प्रहरी चनाखो बनेको छ । घटनाको प्रकृति हेरेर प्रहरीले आपराधिक मानसिकताबारे गहन विश्लेषण थालेको छ । हिलिहाङ गाउँपालिकामा करीब एक महिनाको बीचमा एक किशोरी र एक युवतीको हत्या भएपछि प्रशासन पनि गम्भीर बनेको छ । अझ सुजातालाई पैसा लुट्नकै लागि बीभत्स हत्या गरिएपछि स्थानीयवासी र प्रहरी चिन्तित बन्न थालेका छन् ।
उसो त गत जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा भएको सामूहिक हत्यामा समेत सुरक्षा सावधानी नअपनाएको प्रहरीको भनाइ छ । उक्त हत्याकाण्डमा मारिएका दुवै परिवारले आफूहरूमाथि खतरा रहेको थाहा पाइसकेका थिए । यो कुरा उनीहरूले छिमेकी र आफन्तलाई सुनाएका थिए तर न्यूनतम सावधानी अपनाउनेतर्फ कसैको ध्यान गएन ।
वैशाख ३० गते उक्त हत्याकाण्डमा मारिएका धनराज शेर्माको भान्साकोठामा रहेको नुनको बट्टामा सिसाका कणहरू भेटिएका थिए । धनराजकी श्रीमती जस्मिता प्रशिक्षक रहेको ढाका बुनाई तालिममा थुक्पा खाएका केही सहभागी र धनराजका दुई छोरी बिरामी परेपछि उक्त रहस्य पत्ता लाग्यो । धनराजले सामूहिक हत्याको घटनाका मुख्य आरोपित एवम् आफ्ना कान्छा साढुभाइ मानबहादुर माखिम घटनामा दोषी रहेको र उनले आफूहरूलाई मार्न लागेको बताएको स्थानीय शिक्षक गणेशप्रसाद लुइँटेल बताउनुहुन्छ ।
घटनापछि वडाध्यक्ष, वडा सदस्यलगायतउपस्थित भई घटनाको अनुसन्धान गर्न सघाउने मुचुल्का गरियो । यी विषय प्रहरीसम्म आए पनि लिखित उजुरी भएन् । “लिखित उजुरी भएको भए वा मानबहादुरबाट आफूहरू माथि खतरा रहेको भनेर उक्त परिवारले भनेको भए प्रहरीले उनलाई पक्राउ गथ्र्यो, नभए निरन्तर निगरानी गथ्र्यो”, घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “तर प्रहरीसामु घटना नल्याउने, घटना भएपछि प्रहरीलाई दोषी देखाउने काम भयो ।”
ज्यान मार्ने उद्देश्यसहितको उक्त घटनामा प्रहरीलाई लिखित उजुरी नदिइनु तथा मुचुल्का बनाउँदा केही किलोमिटरको दूरीमा रहेको दशमी प्रहरी चौकीलाई खबर नगरिनुले प्रहरी मानबहादुरको निगरानीसम्म पुग्ने बाटो नै खोल्न नसकेको स्थानीय अगुवाको भनाइ छ । अपराह्न मानबहादुरका कारण आफूहरूलाई खतरा रहेकाले उसलाई कानुनी दायरामा ल्याउने बताएका धनराज शेर्माले साँझ रक्सी पिएर घरको ढोकामा राम्रोसँग चुक्कुलसमेत नलगाई सुत्नुले गम्भीर अपराधलाई सघाउ पुगेको प्रहरीको विश्लेषण छ । तीन गम्भीर घटना केलाउँदै प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “प्रहरीको सचेत तुल्याउने सन्देश सर्वसाधारणले व्यवहारमा लागू नगर्दा धेरै घटना भएका छन् । अब सबैले बानी सुधार्नुपर्छ ।”
Leave a Reply