मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौँ, ७ असार । काठमाडौँमा सम्पन्न एसिया प्यासेफिक सम्मेलनमा ‘होली वाइन’ घुट्काउने नेकपाका नेताहरूको अग्रपङ्क्तिमा आउने नाम हो – माधवकुमार नेपाल । राजा ज्ञानेन्द्रको पाउमा दाम चढाएकोदेखि प्रतिगमनविरोधी आन्दोलनलाई घात गरेर ‘प्रतिगमन आधा सच्चियो’ भन्दै राजदरबारमा बिन्तीपत्र चढाउन जाने इतिहासका बिरलैकोटी पात्रमा पर्छन् – माधवकुमार नेपाल । आफ्नो मौजा ठानिएको रौतहटबाट समेत पहिलो संविधानसभा निर्वाचनमा नराम्ररी पराजय भोगेका नेता नेपाल चोरबाटोबाट पहिलो संविधानसभा पसेका थिए । अप्रजातान्त्रिक तरिकाबाट संविधानसभा पसेका नेपालले प्रधानमन्त्री पद पनि पड्काएका थिए । चुनावमा नराम्रो पराजय भोग्नुपरेपछि लाजले एमाले महासचिव पदबाट राजीनामा दिएका नेपालको लागि त्यसयता त्यो पद क्रमशः दुरूह बन्दै गयो । त्यसपछि एमालेमा ओली पक्ष बलियो बन्दै गयो । महासचिवबाट राजीनामा दिएका नेपाललाई न्याउरी मारी पछुतो भइरहेको हुनुपर्छ ।
अस्थिर अभिव्यक्तिका कारण बरोबर विवादमा आइरहने नेपाललाई ‘होली वाइन’ काण्ड पछि देशमा विदेशी सांस्कृतिक आक्रमण भित्र्याउन भूमिका खेल्ने ‘बञ्चरोको बिँड’ मान्न थालिएको छ । एसिया प्यासिफिक सम्मेलनले एकातिर नेपालमा विदेशी सांस्कृतिक आक्रमणलाई बाटो अझ चौडा बनाइदिएको छ भने संरा अमेरिकाद्वारा प्रस्तावित एसिया प्रशान्त क्षेत्रको सैनिक रणनीतिमा नेपालको पक्षधरतासम्बन्धी आशङ्का अझ सतहमा ल्यायो ।
तत्कालीन एमालेको महासचिव पद त्यागेपछि पार्टीभित्रको प्रतिपक्ष गुटका नेता मानिने माधवकुमार नेपाल देशको ३४ औँ प्रधानमन्त्रीको रूपमा सिंहदरबारको भित्तामा आफ्नो तस्वीर झुण्ड्याउन सफल भए पनि देश र जनताको हितमा सिन्को भाच्नेसम्म काम गरेको जनताले अनुभूति गरेनन् ।
शनिबार भक्तपुरमा आयोजित एउटा कार्यक्रममा माधव नेपालले नेपाल मजदुर किसान पार्टीप्रति लक्षित गरेर बोलेको समाचार राष्ट्रिय समाचार संस्थाले आफ्नो सेवामा राख्यो । केही अनलाइनले त्यो समाचारलाई प्रकाशन गरे । नेपालको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले उनीमाथि व्यङ्ग्यको झटारो हानेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता शरद पौडेल रातोपाटी अनलाइनको फेसबुक पेजमा कटाक्ष लेख्छन्, “होली वाइनवाद भन्दा पवित्रवाद कुनै हुँदैन ।”
अर्का प्रयोगकर्ता खगेन्द्र कर्ण लेख्छन्, “नेकपा हुनुपर्र्नेमा जिब्रो चिप्लिए छ कामरेडको ।”
टीकाराम केसी लेख्छन्, “पहिला अधिनायकवादको ठेकेदार तिमीहरू नै हौ माकुने जी ।”
भण्डारी ज्ञानु लेख्छन्, “तिमीहरू जस्तो होली वाइन बनेन ।”
जीवन व्याँजू लेख्छन्, “बोल्न पाएपछि जे नि बोल्ने ? चुनाव हारेर पनि प्रम बन्ने आफू त्यो पनि आफ्नै पार्टी ढालेर । अनि यस्तो बोल्ने ? लाजसरम केही चाहिएन ?”
मेघराज क्षेत्री लेख्छन्, “हेर्दै जा अर्को चुनावमा थाहा हुन्छ । धेरै नखोक, येशुको छोरो अर्को चुनावमा तेरै नाम निशाना मेटिन्छ । …”
यम्फु राई लेख्छन्, “नेमकिपाले कि पूर्व एमालेले अधिनायकवाद छोड्न नसकेको ?”
ननस्टपखबर डट कमको फेसबुक पेजमा प्रज्ज्वल बुद्धाचार्य लेख्छन्, “म नेमकिपाको समर्थक होइन न त नेकपाको नै । जनताको प्रश्न तथा विचार ः कुन पार्टी अधिनायकवादी हो, जनताले जानिसकेका छन् । दुईतिहाइको दम्भ कसलाई छ अनि विभिन्न विधेयक ल्याएर अब राणाशासिन चलाउन खोज्ने पार्टी कुन हो ?”
रमण बोहजू लेख्छन्, “छोरी कुटी बुहारी तर्साउनु भन्थे बुढापाकाहरू । बिजुक्छेँ देखाई ओलीलाई तर्र्साए माकुनेले ।”
व्यङ्ग्यात्मक शैलीमा नरेश खत्रीले कमेन्ट गरेका छन्, “आदरणीय माकुनेज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना ।”
जनताको आँखा दूरबिनसरह हुन्छ । माधव नेपालले नेमकिपातिर फर्केर थुकेको थुक उनकै मुखभरि छतारिएको छ । नेपाल आफै नेकपाभित्र आफ्नो स्पेसको लागि लडिरहेका नेता हुन् । यतिबेला पुष्पकमल दाहालको काँधमा बन्दुक राखी ओली गुटमा गोलीको वर्षा गर्ने दाउमा रहेका उनको नेमकिपाविरूद्ध लक्षित अभिव्यक्तिले आफैलाई घाइते बनाएको छ ।
अरूको रूपबारे कुनै टिप्पणी गर्नुअघि आफ्नो अनुहार ऐनामा हेर्नु बुद्धिमानी मानिन्छ । चार–चार महिनामा बस्नुपर्ने पार्टी केन्द्रीय समितिको बैठक ६ महिना बितिसक्दा पनि बस्न नसकेको पार्टीको नेताले नेमकिपालाई ‘अधिनायकवादी’ भन्नु हास्यास्पद हो ।
नेपाल वाक्पटु छन् । तर, कतिबेला उनको यही वाक्पटुता आफ्नै लागि भारी हुने गर्दछ । कोही छुल्याहा कार्यकर्ताको रिपोर्टिङलाई सद्दे मानेर माधव नेपालले नेमकिपामाथि आक्रमण गरेको हुनसक्छ । तर, तिनै कार्यकर्ताले मैदानमा पछार्ने कुराप्रति उनको हेक्का पुगेको छैन । खराब कार्यकर्तालाई काखी च्याप्दै हिँड्नु नेताहरूको लागि टकियामुनि सर्प राखेर सुत्नु जत्तिकै हो ।
Leave a Reply