हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
मु लु
कोरिया प्रायःद्विपको आणविक विषयको शान्तिपूर्ण समाधानको उपाय भनेको संवाद र सरसल्लाह नै हो । प्रजग कोरियामाथि वाशिङ्टनको अधिकतम दबाबबाट कुनै समाधान निस्किने छैन ।
‘सन् २०१९ को लागि वार्षिक सीमा नाघेको’ भन्दै प्रजग कोरियालाई संरा अमेरिकाले तेल आपूर्ति बुधबार बन्द गरेको समाचार सार्वजनिक भयो । यो समाचारको आधिकारिकता पुष्टि हुन बाँकी नै छ । संरा अमेरिकाका यस्ता कदमले यसअघि मिल्दै गएका कुरालाई समेत अझ बिगारिदिनेछ ।
प्रजग कोरिया र संरा अमेरिकाका सर्वोच्च नेताहरूबीच गएको वर्षको जून महिना र यो वर्षको फेब्रुअरी महिनामा शिखर वार्ता भएको थियो । फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर बैठकमा कुनै पनि खालको सहमति हुनसकेन । तथापि दुई देशका आ–आफ्ना हितमा आधारित उनीहरूका पहलकदमी सही बाटोमा अघि बढ्दै थियो ।
अहिले फेरि प्रजग कोरियामाथि नाकाबन्दीमार्फत अधिकतम दबाब दिन खोजिरहेको छ । यसले अवस्थालाई जटिल बनाउनेछ ।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का निर्णय नै तनाव कम गर्ने प्रारम्भिक बिन्दु हो । राष्ट्र सङ्घका ती निर्णय क्षेत्रीय स्थायित्व प्रवद्र्धन गर्ने उपाय हुनुपर्छ, प्योङयाङमाथि दबाब दिने वाशिङ्टनको हतियार बन्नुहुन्न । कोरिया प्रायःद्विप र उत्तरपूर्वी एसियामा स्थायित्व कायम रहेको अवस्थामा संरा अमेरिकाले मनपरी नाकाबन्दी बढाउनुले सिङ्गो आणविक निःशस्त्रीकरण प्रक्रियामा हानी हुनसक्छ । एएफपीले कूटनीतिक स्रोतलाई उद्र्धृत गर्दै चीन र रुसले संरा अमेरिकी कदममा रोक लगाएको जनाएको छ । जून महिनाको सुरुमा रुसको भ्रमण गर्नुभएका चीनका राष्ट्रपति सी चिनफिङसँगको वार्तापश्चात् रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको वक्तव्यमा भनिएको छ,“आणविक विषयलगायत क्षेत्रीय समस्याको शान्तिपूर्ण, राजनीतिक र कूटनीतिक समाधानको अर्को कुनै विकल्प नभएको मान्यताबाट हामी अघि बढ्नेछौं ।”
वार्तामा गैरजिम्मेवारीपूर्वक तलबितल पार्दै संरा अमेरिकाले तनावको अवस्था सिर्जना गरेको छ । जून ४ मा प्रजग कोरियाली विदेशमन्त्रालयका प्रवक्ताले दाबी गरे, “प्रजग कोरिया–संरा अमेरिका संयुक्त वक्तव्यको कार्यान्वयनको लागि संरा अमेरिकाले थोरै मात्र इमानदारीका साथ भूमिका खेलेको भए कोरिया प्रायःद्विपको आणविक निःशस्त्रीकरण प्रक्रियाले निकै गति लिइसक्ने थियो ।”
प्रजग कोरियाको छिमेकी देश हुनुको नाताले चीन सधैं शान्तिपूर्ण तरिकाबाट आणविक विषय सल्टाउने पक्षमा उभिंदै आएको छ ।
साथै कठिनाइको पहाड छिचोल्दै गरेका जनतालाई मानवतावादी सहयोग पु¥याउँदै आएको छ । यस्तो सहयोग विशुद्ध मानवीय भावनाका साथ अझै पनि कायम छ ।
वाशिङ्टन संयमित हुनुपर्छ । अनि दुश्मनी बढाउनुको सट्टा प्योङयाङसँग वार्ता पुनः थालनी गर्नुपर्छ । आफ्नो मुढेबल प्रदर्शन गर्नुभन्दा संरा अमेरिकाले इमानदारीका साथ वार्तामा आउनुपर्छ ।
वाशिङ्टनलाई दक्षिण कोरियाको परामर्श आवश्यक हुनसक्छ । जून १२ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले लामो समयको गतिरोध अन्त्य गर्न प्रजग कोरियाली र संरा अमेरिकी नेताहरूबीचको वार्ता सकेसम्म चाँडो हुनुपर्नेमा जोड दिनुभयो ।
यदि संरा अमेरिकालाई वर्तमान गतिरोध कसरी अन्त्य गर्ने भन्ने कुरा थाहा छैन भने संरा अमेरिकाले नियन्त्रणमा लिएको प्रजग कोरियाली कार्गो जहाज छोडेर संवादको ढोका खोल्नु उचित हुनेछ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनका विदेश मामिला तथा राष्ट्रिय सुरक्षा विशेष सल्लाहकार मुन छुन इनले न्युयोर्कमा शुक्रबार यस्तै आसयका भनाइ सार्वजनिक गरेका थिए ।
Leave a Reply