भर्खरै :

बीआरआई र बङ्गलादेश

ए चुन
दक्षिणी बङ्गलादेशमा रहेको चिनियाँ लगानीको ऊर्जा परियोजनामा बङ्गलादेशी र चिनियाँ कामदारबीच भएको हिंसात्मक भिडन्त गएको बुधबारसम्म चिसिएको समाचार स्रोतहरूले जनाएका छन् ।
चीनले सो घटनाको विस्तृत अध्ययन गरी स्थानीय कानुनअनुसार नै दोषीलाई कारबाही गर्ने आशा व्यक्त गरेको छ । तर, यस्ता खालका विवाद उछालेर बङ्गलादेशमा चिनियाँ कम्पनीका लागि सुरक्षित वातावरण बिथोल्न खोजेको भन्ने सम्भावनाबारे पनि ध्यान दिन चीनले आग्रह गरेको छ ।
बेल्ट एन्ड रोड परियोजनाको कार्यक्रमअन्तर्गत चीन र बङ्गलादेशबीच सम्झौतामा हस्ताक्षर भएयता स्थानीय जनताबीच बारम्बार चीनविरोधी प्रचार भइरहेको सन्दर्भमा यस्तो सम्भावनालाई उपेक्षा गर्न सकिंदैन । समयले सिकाएको पाठ सिक्न आवश्यक छ ।
फरक – फरक देशबीच जनस्तरमा सहकार्य गर्ने क्रममा कहिलेकाहीं अन्तरविरोध र विवाद हुन सक्छ । तर, विदेशमा काम गरिरहेका चिनियाँ कम्पनीविरुद्धको आवाज मूलतः चिनियाँ मनसायप्रति स्थानीय जनताको आशङ्कामा आधारित हुने गरेको छ ।
यसको एउटा उदाहरण जर्कार्ता–वाङ्डुङ तीब्रगति राजगार्ग हुनसक्छ । सन् २०१५ मा इन्डोनेसियाले बेल्ट एन्ड रोड परियोजनामा हस्ताक्षर ग¥यो । सोही परियोजनाअन्तर्गत सो राजमार्ग निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । ठेकेदार र जमिनको स्वामित्व बोकेका स्थानीय जनताबीच सम्झौताले निकै समय लियो । दुई पक्षबीचको वार्ता सहज थिएन । त्यसमाथि पश्चिमा सञ्चारमाध्यमले विषयलाई अतिरञ्जनापूर्वक उछालिदिंदा अवस्थाले थप जटिल गति लियो ।
बङ्गलादेशमा भएको तनावबारे कुनै औपचारिक सूचना सार्वजनिक हुनुअघि नै सन् २०१६ मा भएको त्यस्तै तनावको कुरा उप्काइयो । एएफपी र बीबीसी दुवैले चिनियाँ लगानीका दुई वटा ऊर्जा परियोजना निर्माणविरुद्ध ती प्रदर्शन भएको भनी प्रचार गरे । तर, विकासको अत्यन्त आवश्यकता परेको क्षेत्रका जनताले कसरी कुनै ऊर्जा परियोजना बहिस्कार गर्न सक्छन्, कोही पनि विवेकशील पाठकले विचार गर्न सक्ने प्रश्न हो । पर्दा पछाडिबाट कुनै षड्यन्त्रकारी शक्तिले भूमिका खेलिरहेको हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
“चिनियाँ संस्थाले बङ्गलादेशलाई १३.८ गिगावाट क्षमताको कोइला ऊर्जा दिने प्रतिबद्धता जनाएको छ”, फाइनान्सियल टाइम्सले लेखेको छ । त्यत्ति क्षमता भनेको बङ्गलादेशको हाल उपलब्ध ऊर्जा क्षमताको ९० प्रतिशत बराबर हुन्छ । यसले चीन र बङ्गलादेशबीचको सहकार्यको अपरिहार्यतालाई सङ्केत गरेको छ ।
आजभोलि बेल्ट एन्ड रोड परियोजनाबारे केही हाँस्यास्पद हल्ला पनि फैलाइएको छन् । यो परियोजना अरू देशमा रोजगारीको अवसर चोरेर बेरोजगार चिनियाँलाई रोजगारी दिने चाल भनिएको छ । यो परियोजना ऋणको पासो भएको भनी प्रचार गरियो । चीनले राजनीतिक उपलब्धि हासिल गर्न थालिएको यो आर्थिक चालबाजी भएको पनि भनियो । यस्ता हल्लाबारे चीनले समयानुकूल खण्डन गर्दै जान जरुरी छ ।
चिनियाँ कम्पनीहरूले विदेशमा व्यापार विस्तार गर्दा उनीहरूले कल्पना गरेको भन्दा जटिल सामाजिक वातावरणको सामना गर्नुपर्ने हुन्छ । चीनबारे गहिरो गरी जमेको परम्परागत चिन्तनका कारण कतिपय देशहरू आजको चीनलाई बुझ्नै सक्दैनन् । केही देशहरू विभिन्न स्वार्थ समूहहरूबीचको तानातानमा जालमा फसेका छन् । यस्तो परिस्थितिमा जब कुनै हल्ला फैलाइन्छ, बीआरआईबारे ठूलो भ्रम फैलाउन अतिवादी समूह सक्रिय हुने गर्छन् ।
तथापि चीनले प्रस्ताव गरेको यो परियोजनामाथि चुनौती भने रोकिंदैन । चिनियाँ कम्पनीहरू विश्वव्यापी बन्ने प्रक्रिया भने सहज पक्कै हुनेछैन । विभिन्न देशका जनाको विश्वास र सम्मान जित्न लामो समयसम्म धैर्यतापूर्वक काम गर्न चिनियाँ कम्पनीहरू तयार हुनुपर्छ । दीर्घकालीनरूपमा चीनको परियोजनाले स्थानीय जनताको सेवा हुनेछ ।
चीन र बीआरआईमा आबद्ध विभिन्न देशका लागि बितेका छ वर्ष फलदायी देखिएको छ । त्यसको एउटा उदाहरण बङ्गलादेश स्वयम् हो । चिनियाँ कम्पनीहरूले बङ्गलादेशमा ठूलठूला पुल बनाउन सहयोग गरिरहेको छ । पहिलो भूमिगत कुलो परियोजना बनाउन मद्दत गरिरहेको छ । साथै विद्युत् ऊर्जा केन्द्र र अन्य ठूला पूर्वाधार कार्यक्रम निर्माणमा चीनले सहयोग गरिरहेको छ । बङ्गलादेशको अर्थतन्त्र र विकास अघि बढाउन नै यी सबै गतिविधि भइरहेका छन् ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *