अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
भिक्षु अश्वघोष
बुद्धकालीन समाज समतामूलक थिएन । त्यस समयको समाजमा ६२ प्रकारका साम्प्रदायिक, धार्मिक परम्पराहरू थिए । धर्मको नाममा प्राणीहिंसा र यज्ञ होम आदि गरी मुक्ति पाउने आशा राख्ने त्यसबेलाका मानिसहरूले आफ्नो आचरण शुद्धितिर ध्यान राख्दैनथे । त्यसैले दीघनिकायका ब्रह्मजाल सूत्रअनुसार त्यसबेलाको धर्म मिथ्यादृष्टिले भरिपूर्ण थियो ।
त्यसबेलाको राजनैतिक क्षेत्रमा सामन्ती प्रथा लागू भएकोले धनी गरीबहरूबीच ठूलो अन्तर र भेदवाद हुने भएकोले धनी वर्गहरूबाट गरीब वर्गहरूप्रति शोषण भइरहन्थ्यो । जसले गर्दा त्यसबेला समतामूलक समाज निर्माण गर्न कठिन भइरहेको थियो ।
अर्काे कुप्रथा थियो– वर्णभेद भनूँ या जातिभेद । त्यसबेला वैदिक संस्कृति (ब्राह्मण संस्कृति) को बोलावाला थियो । त्यस संस्कृतिले गर्दा समाजमा मानिसहरू ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र जातिमा विभाजित थिए । ब्राह्मणहरू ब्रह्माको मुखमा जन्मेको भन्ने विश्वास गरी अरु जातिलाई नीच ठानिन्थ्यो । त्यस्तै क्षेत्रीहरू राज्य सञ्चालक वर्गमा गनिन्थ्यो । घमण्डी भएकाले उनीहरूले अरु वर्गहरूलाई उन्नति र विकास हुने मौका दिंदैनथे । शस्त्र अस्त्रको बलले लडाइँ र हिंसा गरेर अशान्ति मच्चाइरहेको हुँदा त्यसबेला समतामूलक समाज निर्माण गर्न बाधा पुुगिरहेको थियो ।
वैश्यहरूले व्यापारिक क्षेत्र सबै आफ्नो हातमा पारी खेती व्यवसायसम्बन्धी कार्यहरू गरी आर्थिक स्रोतलाई आफ्नो बुबाबाट प्राप्त भएको अंशरुपी अधिकार सम्झी शोषण गर्थे । राजाहरूसमेत यी वैश्यहरू अर्थात् व्यापारी साहुमहाजनहरूको आर्थिक सहयोगमा भरपर्नुपथ्र्यो । यसले गर्दा पनि समतामूलक समाज निर्माण गर्न सकिरहेको थिएन ।
ब्राह्मण, क्षेत्री र वैश्यहरू मिलेर शुद्र (तल्लो जाति, वर्ग) लाई हरेक क्षेत्रबाट थिचोमिचो गरी शोषण गरिन्थ्यो । छुवाछूतको भावना राखी उनीहरूलाई पशुजातिभन्दा तल्लो श्रेणीमा राखी अमानवीय व्यवहार गर्थे । यस असमानताको वातावरण र कुप्रथाले गर्दा समतामूलक समाज निर्माणमा बाधा पुगेको थियो ।
यस्तो समयमा सिद्धार्थ गौतमको जन्म भयो । विवाहपश्चात् उहाँलाई एउटा छोरो प्राप्त भएको थियो । पछि राजपरिवारको बिलासित्तापूर्ण जीवन र दरबारबाहिरको जनताको सामान्य जीवनबीच धेरै असमानता भइरहेको देखेर उहाँको मनमा वैराग्त्रवना भयो । यी दुईथरीका मानिसहरूबीच भइरहेको असमानताको खाल्डो पुरेर नयाँ खालको समतामूलक समाज निर्माणार्थ उपकारक मध्यम मार्ग अर्थात् शान्तिमार्ग खोज्नको लागि २९ वर्षको उमेरमा उहाँले राजदरबार त्याग्नुभयो । राजदरबार त्यागिसक्नुभएपछि उहाँले कपिलवस्तुका ५ जवान ब्राह्मणहरूसँग अत्यन्त कष्टमय जीवन बिताई तपस्या गर्नुभयो । कष्टपूर्वक तपस्यामात्र गर्नु पनि सही बाटो होइन भन्ने महसुस गरी त्यस दुःखमय जीवनलाई त्यागी एक्लै बुद्धगयाको पीपलबोटमुनि बसी स्वतन्त्र चिन्तन गरी ध्यानमग्न हुनुभयो । वैशाखपूर्णिका दिन संसारको वास्तविकता र मनुष्य जीवनको ज्ञानबोध गरी चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्गलाई यसरी बोध गर्नुभयो, संसार दुःखले भरिपूर्ण छ, दुःखका कारण तृष्णा हो अर्थात् जति भए पनि नपुग्ने असन्तुष्टि र अतृप्ति बानी हो । दुःखको अन्त्य पनि हुनसक्छ र दुःखलाई अन्त्य गर्ने बाटो पनि छ ।
समतामूलक समाजको निर्माण गर्नको लागि बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्ग अति उपयोगी सिद्ध भएको छ । दुःख अन्त्य गर्ने यी मार्गहरू यसरी छन् ः
१) सम्यक् दृष्टि – ठीक समझदारी अथात् सही ढङ्गले बुझ्नु ।
२) सम्यक् सङ्कल्प – ठीक सोचाइ, विचार र उद्देश्य अर्थात् नियत राम्रो हुनु ।
३) सम्यक् वचन – सत्य बोल्नु अर्थात् भनाइ र गराइमा फरक नपारी मिलिरहेका व्यक्तिहरूबीच फूट ल्याउने कुरा नगर्नु ।
४) सम्यक् कर्मान्त – आफूलाई र अरुलाई पनि हानि पुग्ने गरी गलत तरिकाको काम नगर्नु ।
५) सम्यक् आजीविका – जीवन स्वच्छ हुनु अर्थात् निर्दोषपूर्वक जीवनयापन
६) सम्यक् व्यायाम – नराम्रो सोचलाई खत्तम पारी राम्रो सोचाइ उत्पन्न गर्न प्रयत्न गर्नु । अर्को भाषामा भन्ने हो भने अति परिश्रमी र अति अल्छी जीवनबाट टाढा रही ठीक प्रयत्नमा रहन सक्नु ।
७) सम्यक् स्मृति – सधँै सतक, सचेत जागरुक बनी ठीक होशमा रहन सक्नु ।
८) सम्यक् समाधि – चित्त चञ्चल हुन नदिई आफूले गरिएको राम्रो काममा दृढचित्त राखी चित्त एकाग्र पार्नसक्नु ।
यसरी सिद्धार्थ गौतमलाई उपर्युक्त ज्ञानको राम्ररी बोध भयो अर्थात् बुुुुद्धत्व प्राप्त भयो । बुद्धको अर्थ नै बोध हुनु हो । यसरी उहाँ समतामूलक समाज निर्माण गर्न योग्य व्यक्ति हुनुभयो ।
सिद्धार्थ कुमारले राजदरबार त्यागी श्रमजीवन अपनाएको व्यक्तिगत सुख र मुक्तिको लागि होइन, अज्ञानी, दुःखी र पीडित वर्गहरूको उद्धारको लागि हो ।
पुरानो संस्कार र अन्धविश्वासलाई नत्यागेसम्म र हृदय परिवर्तन नभएसम्म आफूले प्राप्त गरेर मध्यम मार्गको ज्ञान एवं त्यस मार्गमा लाग्न असम्भव नभए पनि गा¥हो त अवश्य हुने कुराको महसुस गर्नुभयो बुद्धले ।
संसारका सबै मानिस मूर्ख, स्वार्थी र सङ्कुचित विचारधाराका अवश्य हुँदैनन् । तीमध्ये कतिपय व्यक्तिहरू उदारहृदय, बुझ्नसक्ने क्षमतासहितका विद्वद् वर्गहरू पनि हुन्छन् भन्ने कुरा महसुस गरी बुद्धले पहिला कपिलवस्तुमा आफूसँग तपस्या गर्ने पाँच जवान ब्राह्मणहरूलाई सम्झनुभयो । उनीहरूलाई पहिला धर्मसम्बन्धी शिक्षा दिई उनीहरू बोध भइसकेपछि मात्र अरु पनि बोध हुने छ भन्ने कुरा सोची उहाँ बुद्धगयाबाट पञ्चभद्रवर्गीहरू रहेको स्थान सारनाथ पुग्नुभयो ।
त्यहाँ पुगेपछि बुद्धले मधुर स्वरले ती व्यक्तिहरूलाई भन्नुभयो, “भिक्षुहरू ! मैले पहिले कहिले पनि नसुनेको आर्यअष्टाङ्गिक मार्ग र चार आर्यसत्य ज्ञान लाभ गरेँ । चार आर्यसत्य र आठ मार्गको ज्ञान जानिराख्नुपर्ने ठानेर त्यसलाई अभ्यास गरिसकेँ । यस मार्गहरूको अनुभव गरेर मैले छाड्नुपर्ने पुराना संस्कारहरू सबैलाई त्याग पनि गरिसकेँ ।” उहाँले फेरि भन्नुभयो, “राम्ररी ध्यान दिएर सुन्नुहोस्, चार आर्यसत्य र आठ मार्गको यथार्थ ज्ञान नभएकोले र अभ्यास नगरेकोले संसार अनेक समस्याहरूबाट घेरी जटिल बन्न पुगेको छ । उपर्युक्त दुई कुरालाई बुझ्न नसकेको कारणले मानिसहरू दुई अतितिर लागेका छन् । ती दुई अतिहरू यसप्रकारका छन्– पञ्चकाम इच्छाहरू (संसारिक इच्छाहरू) जस्तै आँखाले रुप हेरी आसक्त हुनु, कानले शब्द सुनी लिप्त रहनु, नाकले गन्ध सुँघी त्यसैमा टाँसिरहनु, जिब्रोले रसस्वाद लिई त्यसमा पल्किनु, शरीरले स्पर्श गरी मोहित हुनु । यी पाँचवटा भौतिक सुखमा आसक्त रही बिलासीमय जीवन बिताइरहनुलाई अतिमार्ग भनिन्छ ।
हामीले त्याग्नयोग्य अर्को अति मार्ग हो भोकभोकै रही अस्वाभाविक तपस्या गरी शरीरलाई दुःख कष्ट दिनु र अन्धविश्वासमा अल्झिनु । आर्थिक र सामाजिक दृष्टिकोणले भन्नुपर्दा अधिकांश जनता आधारभूत आवश्यकतासम्म पनि नसकी खाना, लत्ताकपडा, आवास र औषधोपचार नपाई सङ्कटमय जीवन बिताइरहनु परेको छ ।
यसरी दुई प्रकारका अन्तहरू (धनी र गरीब) को वातावरण रहुञ्जेल समतामूलक समाजको निर्माण गर्न सजिलो हुने छैन । यी दुई अतिमार्गमा नलागी मध्यम मार्ग (मध्यम वर्ग) को अनुसरण गर्न सकेमा मात्र चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्गमा लाग्न र अभ्यास गर्नसक्ने छ अर्थात् समतामूलक समाज निर्माण गर्नेसक्ने छ । बुद्धको मध्यम मार्गमा पूर्वाग्रह, जातपात र परम्परावादी गन्ध छैन । बुद्ध शिक्षालाई स्वतन्त्रचिन्तन र स्वच्छ विचारले सोच्न सकेमा मात्र राम्ररी बुझ्न सकिनेछ अन्यथा बुझ्न सजिलो हुने छैन । पुरानो संस्कारलाई तिलाञ्जली दिएमा मात्र बुद्धको मध्यम मार्गलाई बुझ्न सकिने छ । बुझेरमात्र काम लाग्दैन । यसलाई व्यवहारमा उतार्न सकेमात्र सफलता प्राप्त गर्न सकिने छ । तर, व्यवहारमा उतार्न भने गा¥हो छ ।
हामीले समतामूलक समाज निर्माण गर्न आवश्यक बुँदाहरूलाई राम्ररी जानी आफ्नो आचरण शुद्धी कार्यमा लाग्नुपरेको छ “तपाईँको जात के हो ?” बुद्धले भन्नुभयो, “जात नसोध, आचरण सोध । जातले कोही पनि ब्राह्मण र वृषले हुँदैन । कर्मले मात्र ब्राह्मण र चण्डाल बनिन्छ ।” जातपातले गर्दा समतामूलक समाज निर्माण गर्न अप्ठ्यारो परिरहेको छ । वर्ण व्यवस्था रहेर ठूलो बाधा आइरहेको छ ।
गौतम बुद्धले समतामूलक समाज निर्माणार्थ नमुनाको रुपमा भिक्षु सङ्घ गठन गर्नुभयो । त्यस सङ्घमा ब्राह्मणदेखि शुद्रवर्गसम्म समावेश भएको थियो । बागमती गंगा, यमुना आदि नदीहरू समुद्रमा मिसिएपछि एउटै रस नुनिलो हुनेजस्तै सबै जाति भिक्षु सङ्घमा मिसिएपछि एउटै रस विमुक्तिरसको अनुभव हुनेछ ।
भिक्षु सङ्घमा रहेर व्यक्ति पवित्र हुनुपर्छ । त्यहाँ सम्पत्ति सामूहिक हुने छ । आवश्यक आधारभूत वस्तुमात्र व्यक्तिगत हुनेछ । समतामूलक समाज निर्माणार्थ आर्थिक समानता हुनु जरुरी छ ।
बुद्धधर्म न सिङ्गो भौतिकवाद हो, न सिङ्गो आध्यात्मिकवाद । भौतिक र अध्यात्मिक दुवैमा नङ र मासुजस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । बुद्धले भन्नुभएको थियो, “मानिस जन्मिदाखेरि शुद्ध हृदय लिएर जन्मेको हुन्छ तर संसारको प्रदूषित वातावरणले गर्दा उसको मन अपवित्र हुन पुग्छ । यसले स्पष्ट हुन्छ, समतामूलक समाज निर्माण गर्नको लागि समाजको वातावरण शुद्ध हुनुपर्छ ।
“पभस्सरमिद” भिक्खेद चित्त तञ्च खो
आगन्तुकेहि उपक्किलेसेहि उपक्किलिट्टं”
अर्थात् प्रदूषित वातावरणले मानिसको मनलाई अपवित्र बनाइदियो ।
चक्कवतिसिंहदनादसूत्रमा बुद्धले भन्नुभएको छ, “अपराधको मू्ल कारण गरिबी हो ।” त्यसैले आर्थिक अवस्था नसुध्रिकन समतामूलक समाज निर्माण गर्न सम्भव छैन । यी सम्पूर्ण कुरा आर्थिक प्रश्नसँग सम्बन्धित छ अर्थात् सम्पूर्ण सुखभोगसँग सम्बन्धित छ । मानिसले भौतिकवादीमात्र बन्नु राम्रो हुँदैन अपितु आध्यात्मिक सुख र विकासतिर लाग्नु आवश्यक छ । अर्को अर्थमा भन्ने हो भने विलासी जीवन बिताउनु देश र सामाजिक विकासको लागि हानिकारक छ । समतामूलक समाज निर्माणको लागि पहिले आर्थिक व्यवस्था राम्रो हुनुपर्छ । आधारभूत आवश्यकताहरू खाना, कपडा, आवास, औषधोपचार आदि यी चार चीजहरूको राम्रो व्यवस्था हुनुपर्छ ।
त्यतिमात्र होइन, समतामूलक समाज निर्माणार्थ निम्नलिखित ४ गुणहरू नभई हुँदैन ।
१) मैत्री (मित्रता)
२) करुणा (दया)
३) मुदिता (प्रसन्नता)
४) उपेक्षा (तटस्थता) आदि ।
हाम्रो मनमा मैत्री रहुञ्जेल द्वेषभाव (रीस, वैर भाव, असन्तुष्ट भाव) उत्पन्न हुने छैन । करुणाचित्त रहुञ्जेल हिंसाको वातावरण उत्पन्न हुने छैन । मुदिता (अरुले राम्रो काम गरेको देखेर मन प्रसन्न राख्न सक्नु) चित्त रहुञ्जेल इष्र्या भाव उत्पन्न हुने छैन । उपेक्षा (सुख, दुःखमा मन विचलित नगरी तटस्थ भाव राख्नसक्नु) ले वातावरण शान्त रहने छ ।
यी चार महत्र्वपूर्ण गुणहरूलाई पालन गर्नसकेमा समतामूलक समाजको निर्माण हुन सजिलो हुने छ । त्यसैले उपर्युक्त कुरा समतामूलक समाज निर्माण गर्नको लागि महत्र्वपूर्ण छ ।
Leave a Reply