भर्खरै :

संरा अमेरिका र भारतबीच व्यापार तनाव

– ल्यु स्याओस्यु
भारतले जून १६ बाट संयुक्त राज्य अमेरिकी सामानहरूमा भन्सार बढाएको छ । बदाम, स्याउ, अम्ल (Acid) लगायत अन्य रसायन गरी २८ वटा उत्पादित सामानहरूमा भन्सार बढाइएको हो । भारतको यस्तो निर्णयले संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रमा कस्तो धक्का पर्ला ? यस्तो व्यापारिक भिडन्तले दुई देशबीचको सम्बन्धमा कस्तो असर पर्ला ?
संयुक्त राज्य अमेरिकाले भारतलाई अर्थतन्त्र र व्यापारमा दिएको दबाबको प्रतिउत्तरमा भारतले अमेरिकी सामानमा पनि भन्सार बढाएको हुनसक्छ । सन् २०१८ मार्चमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्यात हुने सामानहरूमा भन्सार बढाएको थियो । स्पातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशतले भन्सार बढाइएको थियो । भन्सार वृद्धिको शिकार भारत पनि हुनुप¥यो । त्यस्तै, गत सन् २०१९ को मे १७ मा संरा अमेरिकाले फलाम र एल्युमिनियममा बढाएको भन्सार मेक्सिको र क्यानाडाको लागि खारेज गर्ने सम्झौता ग¥यो । तर, भन्सार वृद्धि खारेज गर्ने देशको सूचीमा भारतलाई भने राखिएन ।
स्पात र एल्युमिनियममा कर बढाएको कारणले भारतबाट अमेरिका निर्यात हुने स्पातको मात्रा ४९ प्रतिशतले घटेको थियो । यसले भारतको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ ।
संरा अमेरिकाले स्पात र एल्युमिनियमको भन्सारमा गरेको वृद्धिको प्रतिरोध गर्न सन् २०१८ मा भारतले प्रतिरोधी कर वृद्धि गर्न खोजेको थियो । तर, वाशिङ्टनसँगको ढोका खुला राख्न र स्पात तथा एल्युमिनियममाथि लगाइएको भन्सार फिर्ता गरिने आशासहित भारतले त्यो निर्णय गरिहालेको थिएन ।
तर, सन् २०१९ मा वासिङ्गटनले फेरि नयाँ दिल्लीको स्पात र एल्युमिनियममा लगाइएको थप भन्सार कायममात्र राखिएन बरू प्राथमिकता प्रणाली (-Generalized System of Preference (GSP) मा भारतलाई प्राप्त विशेष लाभ पनि खोस्यो । तर, नयाँ दिल्लीले GSPअन्तर्गत वासिङ्गटनलाई निर्यात गर्ने सामान ५ अर्ब ६० करोड अमेरिकी डलर बराबरमात्र छ । अमेरिकालाई सन् २०१८ मा गरेको निर्यातमा यो रकम कुल १० भागमा एक भागमात्र हो । वास्तवमा GSP बाट बाहिरिएबाट भारतलाई खासै केही आर्थिक नोक्सानी व्यहोेर्न पर्दैन ।
भारत आफैंले पनि आफू GSP बाट बाहिरिनुले संरा अमेरिकासँगको निर्यात व्यापारुमा कुनै प्रभाव नपरेको बताएको छ । भारतले प्रतिउत्तरस्वरूप अमेरिकाको एकाधिकार र व्यापारिक सुरक्षा प्रविधिमाथि अमेरिकी सामानमा भन्सार बढाएर असन्तुष्टि जनाएको छ ।
भारतको यस्तो गतिविधिमाथि ट्रम्पले असन्तुष्टि जनाएका छन् । भारतले तत्काल मोटरसाइकल र ह्वीस्कीमा भन्सार बढाएको हुँदा ट्रम्पले आलोचना गरेका छन् । भारतले अमेरिकामाथि लगाएको कर भार अधिक छ तर एउटा विकासशील देशको निम्ति यो सामान्य हो ।
वासिङ्गटनले कुनै पनि विकासको बाटोमा हिँडिरहेको विकासशील देशलाई विशेष सूचीमा राखी विशेष व्यवहार गर्ने कुरालाई नकारेको छ । यो अमेरिकाको एकतन्त्रवादी मनोवृत्ति विश्व व्यापार सङ्गठनको मूल्यमान्यताविपरीत छन् ।
१४ तारिख जूनमा साङ्घाई सहकार्य सङ्गठन (Sanghai Co-operation Organization) को संयुक्त वक्तव्यमा उल्लेख छ, “एकाधिकारवादी सुरक्षावादको यो कार्यले विश्व व्यापार सङ्गठनको बहुपक्षवादी व्यापारिक पहल र विश्वभरकै अर्थतन्त्र र व्यापारमा ठेस पु¥याएको छ ।” संरा अमेरिकाले आफ्नो हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदनमा चालीस ठाउँमा भारतको स्थान विशेष रहेको उल्लेख छ । भारतसँग संरा अमेरिकाको व्यापार घाटाको कारणमात्र भारत र संरा अमेरिकाबीच यस्तो व्यापारिक तनाव सुरु भएको हुनसक्छ । यसले भूराजनीतिक सहकार्यमा खास कुनै प्रभाव पार्दैन । दुई देशबीचको सुरक्षा क्षेत्रमा दुईपक्षीय सहकार्य र सम्बन्धलाई यो व्यापार तनावले कुनै असर पर्ने छैन ।
अमेरिका र भारतबीचको व्यापारिक मनमुताव भने अमेरिकाको हालै चीनसँग भइरहेको व्यापारिक युद्धको जस्तो छैन । भारत GSP बाट बाहिरिनु, अमेरिकामा भारतले निर्यात गर्ने सामानमा भन्सार बढाउनु र सबैमा भारतले बदला लिन खोज्नु खासै ठूलो विषय होइन । भारतले हालै बढाएको कर १.४ विलियन अमेरिकी डलर रहेको छ । सन् २०१८ मा अमेरिकाले निर्यात गर्ने कुल सामानहरूमध्ये दुई प्रतिशतमात्र भारतलाई निर्यात गरेको छ ।
त्यसकारण आर्थिक रूपमा वाशिङ्टनमाथि नयाँ दिल्लीले गरेको भन्सार वृद्धिको प्रभाव सीमित छ ।
लेखक चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत अन्तर्राष्ट्रिय रणनीति राष्ट्रिय प्रतिष्ठानका अध्येता हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः दीपिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *