भर्खरै :

विशेष अदालतमा मुद्दा दायर

 
काठमाडौँ, ११ असार (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र लिन सञ्चालन गरिने परीक्षा उतीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका कर्मचारीसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लिखित र ट्रायल परीक्षा उतीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग रु ४० हजार घुस लिने सो कार्यालयका द्वितीय अपरेटर कुमार लामिछाने, मेट्रो ड्राइभिङ स्कुलका सञ्चालक खगेन्द्रप्रसाद काफ्ले, यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर मल्लविरुद्ध मुद्दा दायर गरिएको हो ।
अपरेटर लामिछाने र स्कुलका सञ्चालक काफ्लेले यातायात कार्यालयका खरिदार तिवारी र प्रसनी मल्लसँग मिलेमतो गरी सेवाग्रहीसँग घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको थियो । आयोगले चारै जनाविरुद्ध जनही रु ४० हजार बिगो माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *